तनहुँको दुलेगौंडा बजारमा सडक विस्तारसंगै नाला निर्माण

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार योजना अन्तर्गत तनहुँको दुलेगौंडा बजारमा सडक नाला निर्माण गरिदै। बजार क्षेत्रमा छ लेनको सडक विस्तार गरिने भएपनि दुलेगौंडा बजार क्षेत्रमा २३/२३ मिटर भित्र सडक विस्तारको काम भइरहेको छ । केही घरधनीहरुले सडक सीमा क्षेत्रभित्रका घरटहरा नहटाउँदा विद्युत लाइन विस्तारमा समस्या आएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










