फाेटाे फिचर
-
१ असार २०८१, शुक्रबार १३:०७चौतारो पुनःनिर्माण
तनहुँको भानु नगरपालिका-१२ स्थित बयापानी भञ्ज्याङमा जीर्ण बनेको चौतारो सिमन्टर बालुवाको प्रयोग गरी पुनःनिर्माण गरिदै । संरक्षणका अभावमा पछिल्लो समय चौताराहरु जीर्ण र नासिदै गएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ जेष्ठ २०८१, बिहीबार ०९:२६पृथ्वीराजमार्गको पहिरोग्रस्त क्षेत्र
पृथ्वीराजमार्ग अन्तर्गत निर्माणाधिन मुग्लिन पोखरा सडकखण्डको तनहुँको व्यास-१ मुसेखोला नजिक पहिरोको जोखिमग्रस्त क्षेत्र । राजमार्ग विस्तारका क्रममा डाँडा खनिएपछि यो ठाउँ सुक्खा पहिरोको जोखिममा छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ जेष्ठ २०८१, बिहीबार ०९:२४रैथाने बालीको परिकार बनाउने तालिम (तस्विरहरु)
तनहुँको बन्दीपुर गाउँपालिका-५ कोरीखा सामुदायिक होमस्टे सञ्चालकहरुलाई रैथाने बालीको परिकार बनाउने तालिम दिइदै । गाउँपालिकाले रैथाने वालि प्रवर्द्धन कार्यक्रम अन्तर्गत रैथाने बालीको परिकार विविधिकरण संरक्षण प्रवर्द्धन सम्बन्धी दुइ दिने तालिम सञ्चालन गरी कोदो, मकै, फापर लगायतका वालीबाट विभिन्न परिकार बनाउन सिकाइएको थियो । …
पुरा पढ्नुहोस -
३० जेष्ठ २०८१, बुधबार १२:३४आर्थिक उपार्जनका लागि बाख्रा वितरण
तनहुँको भानु नगरपालिका-१३ को वडा कार्यालयले दलित समुदायलाई आर्थिक उपार्जनमा टेवा पुर्याउने उद्देश्यले बाख्रा उपलब्ध गराएपछि सामुहिक तस्विरमा । वडा कार्यालयले ११ जना विपन्न दलितलाई निःशुल्क रुपमा बाख्रा दिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ जेष्ठ २०८१, मंगलवार १२:०२राष्ट्रिय परिचयपत्रको सकस
जिल्ला प्रशासन कार्यालय तनहुँमा सोमबार अक्सिजन सिलिण्डर सहित राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराउन आएकी ब्यास नगरपालिका–१३, तनहुँकी ७४ वर्षीया गम्भीरमाया पन्थ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले ती सेवाग्राहीलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गरेका थिए । आगामि आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता लिनका लागि सरकारले…
पुरा पढ्नुहोस -
२९ जेष्ठ २०८१, मंगलवार ११:४७सेवाग्राहीलाई निःशुल्क खाना
जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराउन आएका सेवाग्राहीलाई निःशुल्क खाना खुवाईदै । वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरुले बिहानैदेखि भोकभोकै लाइनमा बसेपछि दमौलीका सामाजिक अभियान्त मोहम्मद गफ्फर (सुदिप)ले खाना खुवाउने अभियान सञ्चालन गर्दै आएका छन् । नवौ दिन सोमबारमात्रै सुदिपले ३४५ जनालाई खाना…
पुरा पढ्नुहोस -
२८ जेष्ठ २०८१, सोमबार १२:४८ग्रामीण जीवनशैली
तनहुँको ऋषिङ गाउँपालिका-३ दुबुंगका महिलाहरु गाउँमा रहेको धारोमा पानी भर्दै । यस गाउँमा आदिकवि भानुभक्त क्याम्पसले मितेरी गाउँका रुपमा विकास गर्दै स्थानीयको विविध शैक्षिक कार्यक्रम र संस्थागत विकास सम्वन्धी अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ जेष्ठ २०८१, आईतवार १२:०४जिल्लाकै अग्लो स्थानमा बैठक
तनहुँको अग्लो पहाड छिम्केश्वरीमा शनिबार तनहुँ उद्योग वाणिज्य संघको नियमित बैठक बस्दै । समुन्द्र सतहबाट २ हजार १३४ मिटरमा अवस्थित आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरीको प्रवर्द्धन गर्ने उद्देश्यले संघको चौथो बैठक बसेको संघका अध्यक्ष वैकुण्ठनाथ मित्रले बताए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ जेष्ठ २०८१, शुक्रबार १२:५१आँखा परीक्षण
तनहुँको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी विहीबार नगरपालिकाको नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल चितवन र भानु नगरपालिकाको संयुक्त सहकार्यमा आयोजित शिविरमा आँखा परीक्षण गराउँदै । भानु-२ नारेश्वरटारमा आँखा उपचार केन्द्रको शुभारम्भका अवसरमा आयोजित निःशुल्क आँखा शिविरमा ५६८ जनाको आँखा परीक्षण गरिएकोमा ४१ जना आँखाको…
पुरा पढ्नुहोस