फाेटाे फिचर
-
२० असार २०८१, बुधबार १२:२६कपासको प्यूरीबाट बत्ती काड्दै वृद्धा
तनहुँको व्यास नगरपालिका–११ फराकचौरस्थित वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि लाम बस्दै गरेकी एक महिला कपासको प्यूरीबाट बत्ती काड्दै । नयाँ पुस्तामा प्यूरीको बत्तीको प्रयोग र सीप हस्तान्तरण नहुँदा प्यूरीको बत्ती काड्ने सीप लोपहुँदै गएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० असार २०८१, बुधबार १२:२१सीप सिकेको प्रमाण
तनहुँको बन्दीपुर गाउँपालिकाले सञ्चालन गरेको दुई महिने ढाका कपडा बुनाई सम्बन्धी दुई महिने सीप विकास तालिममा सहभागिहरुलाई सीप सिकेको प्रमाणपत्र प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा र उपाध्यक्ष पञ्चमाया गुरुङ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० असार २०८१, बुधबार १२:१९सामुदायिक वनमा वृक्षारोपण
तनहुँको देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गर्दै उपभोक्ता समिति । सव डिभिजन वन कार्यालय देवघाटको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले वनको पार्कमा काजु, ड्रागन फ्रुट, श्रीखण्ड, अम्रिसो लगायतका फलफूल तथा अन्य विरुवा रोपण गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ असार २०८१, मंगलवार १४:४३मानहुँकोटमा पूर्वाधार थपिदै
तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा पर्यटक लक्षित पूर्वाधार निर्माण गरिदै । आन्तरिक तथा वाह्य पर्यटकको आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गइरहेको मानहुँकोटमा मनलाग्दि रुपमा बनाउन थालिएका भौतिक पूर्वाधारले मानहुँकोटको सुन्दरतामा आँच आउने खतरा बढेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ असार २०८१, मंगलवार १४:२८भिमादका सम्मानित कर्मचारी
तनहुँको भिमाद नगरपालिकाको १७औं नगरसभाका अवसरमा उत्कृष्ट रुपमा कार्य सम्पादनको भन्दै नगरपालिकाबाट सम्मानित कर्मचारीहरु । गत असार १० गतेबाट सुरु भएको नगरसभाको सोमबार बसेको दोश्रो बैठकले नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट तथा नीति कार्यक्रम सर्वसम्मत पारित गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ असार २०८१, सोमबार १२:१५प्रयाप्त वर्षा नहुँदा खेत बाँझै
तनहुँको भानु नगरपालिका–१३ तीनघरेस्थित पहेले खेत । विगतका वर्षहरुमा १५/१६ असारसम्म यो खेतमा धान रोपाई अन्तिम अवस्थामा पुग्ने गरेपनि यस वर्ष पर्यप्त वर्षा नहुँदा किसानले खेत रोप्न पाएका छैनन् । समयमै पानी नपर्दा सिंचाई सुविधा नभएका तथा आकाशे पानीको भरमा रोपाई गरिने खेतहरुमा यस वर्ष…
पुरा पढ्नुहोस -
१८ असार २०८१, सोमबार १२:११ड्रागन फ्रुट बिक्रीका लागि तयारी गरिदै
तनहुँको व्यास नगरपालिका–५ ढोडेनी स्थित माँ अंम्बे अलौकिक कृषि फर्ममा उत्पादित ड्रागन फ्रुट (सिउँडीफल) पाकेपछी बिक्रीवितरणका लागि दमौली ल्याइदै । २०८१ सालको दोस्रो छिमल आज आइतबारदेखि विक्री सुरु गरेकी फर्मकी सञ्चालक कल्पना गौलीले करिब एक हजार बढी दाना उत्पादन भएको बताएकी छन् । उनले ‘माँ…
पुरा पढ्नुहोस -
१७ असार २०८१, आईतवार १२:२८पन्ध्र असारको रोपाई
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित बगुवा ढापटारमा खेत रोप्दै कृषकहरु । तस्विरः भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ असार २०८१, शुक्रबार ११:०५सडक पेटीको व्यापार
तनहुँको दमौली स्थित पृथ्वीराजमार्गको सडक पेटीमा तरकारी तथा फलफूल बिक्रीका लिएर बसेको व्यापारिहरु । दमौली बजार क्षेत्रमा गर्दै आइएको सडक व्यपारलाई व्व्यास नगरपालिकाले व्यवस्थित बनाउने प्रयास गरेपनि असफल बन्दै आएको छ । अव्यवस्थित रुपमा सडक किनारमा व्यापार गर्दा सडक दुर्घटना बढ्नुका साथै पैदाल यात्रुले समेत…
पुरा पढ्नुहोस