फाेटाे फिचर
-
२३ चैत्र २०८२, सोमबार ११:३५नर्सरीमा हुर्कदै गरेका विरुवा
डिभिजन वन कार्यालय तनहुँले कार्यालय परिसरमा उत्पादन गरेका विभिन्न जातका बिरुवाको नर्सरी । कार्यालयका अनुसार यस वर्ष ३८ हजार बिरुवा उत्पादन गर्ने भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ चैत्र २०८२, आईतवार १४:०३ऐतिहासिक महत्वको ठूलोढुङ्गा बजार
तनहुँको भानु नगरपालिका–१३ मिर्लुङ ठूलोढुंगामा चैते दशै पर्वका अवसरमा लाग्ने ‘ठूलोढुंगा बजार’ । स्थानीय कृषि उपजको बिक्री थलो, कृषि सामाग्रिको बिक्रीवतरण तथा ठाडोभाको लोक गीतको उद्गमस्थल ठूलोढुङ्गा बजार बढ्दो आधुनिकता, बसाई सराई तथा आयतित् वस्तुको प्रभावका कारण अहिले यो बजारको महत्व र मौलिकता लोपको संघारमा…
पुरा पढ्नुहोस -
२२ चैत्र २०८२, आईतवार १२:०१नयाँ शैक्षिक सत्रको भर्ना अभियान
तनहुँको आँवुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयले आफ्नो सेवा क्षेत्रको ग्रामीण क्षेत्रमा विद्यालय भर्ना अभियान सञ्चालन गर्दै । विद्यालयले विद्यालय उमेर समूहका बाबुनानीहरू शिक्षाको अवसरबाट कुनै पनि कारणले वञ्चित नहोस् भन्ने उद्देश्यका साथ गाउँ–ठाउँ, टोल–बस्ती र घरदैलो अभियानमार्फत विद्यार्थी खोज्न थालेको छ । यस अभियान…
पुरा पढ्नुहोस -
२० चैत्र २०८२, शुक्रबार १२:०१लोप हुँदै घुमाउने घर
तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँमा रहेको परम्परागतशैलीको घुमाउने घर । बढ्दो आधुनिकताका कारण वातावरणमैत्री परम्परागतशैलीका घुमाउने तथा खरको छानो भएका घर लोमको संघारमा पुगेका छन्। रामकोटमा होमस्टे (घरबास) सञ्चालन गरिएपछि पाहुनाहरुलाई देखाउनका लागि स्थानीयले यो घुमाउने घर संरक्षण गरी राखेका छन् । तस्विर :…
पुरा पढ्नुहोस -
२० चैत्र २०८२, शुक्रबार ११:५७संस्कृति संरक्षणका लागि पोशाक वितरण
तनहुँको ऋषिङ गाउँपालिका–३ को सोलुङ्ग र बलिमराङ्गमा स्थानीय कला संस्कृति संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाले जातीय पहिचान झलेकने पोशाक वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, वडा अध्यक्ष भिम बहादुर थापा, कार्यपालिका सदस्य दिल बहादुर नेपाली लगायतको उपस्थितिमा स्थानीय मौलिक परम्परा र संस्कृतिको जगेर्ना…
पुरा पढ्नुहोस -
१९ चैत्र २०८२, बिहीबार १२:०१ग्रामीण जीवनशैली
तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँको एक घरको आँगनमा सुकाइएको बिस्कुन । पछिल्लो समय बसाई सराइ तथा विविध कारणले यो दृष्य लोप हुँदै गएको छ । यस्तै, यस गाउँलाई गाउँपालिको ग्रामीण पर्यटनको गन्तव्यका रुपमा विकास गर्दै लगेको छ । बन्दीपुर पुगेका पर्यटकलाई रामकोट पु¥याउने योजनाका…
पुरा पढ्नुहोस -
१९ चैत्र २०८२, बिहीबार ११:५७स्वयंसेविकाहरुलाई आधारभूत तालिम
प्रदेश जनस्वास्थ्य कार्यालय दमौलीको आयोजना तथा भानु नगरपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दिपुर गाउँपालिकाको समन्वयमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि १० दिने आधारभूत तालिमका सहभागिहरु । तालिममा प्रदेश जनस्वास्थ्य कार्यलय तनहुँका प्रमुख अमर दवाडी, भानु–१ का वडा अध्यक्ष कान्छी माया तामाङको…
पुरा पढ्नुहोस -
१८ चैत्र २०८२, बुधबार ११:१६खड्गमाई मन्दिर
पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा रहेको ऐतिहासिक महत्व र धार्मिक आस्था बोकेको खड्गमाई मन्दिर । गाउँपालिकाले मन्दिरको सौन्दर्यकरणका लागि प्राङ्गणमा ढुंगा बिच्छाएर आकर्षक बनाएको छ छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ चैत्र २०८२, आईतवार १२:०९चैते धाने खेती
तनहुँको बन्दीपुर गाउँपालिका–२ थारुवासका कृषकहरु चैते धानको विऊ रोप्दै । सिंचाई सुविधा भएका तनहुँका अधिकांश खेत तथा फाँटहरुमा यतिबेला कृषकहरु चैते धानको विऊ रोप्न व्यस्थ छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस