फाेटाे फिचर
-
२३ बैशाख २०८१, आईतवार १२:३७सम्पदाको संरक्षण
तनहुँको ऋषिङ गाउँपालिका-८ ऋषिङरानीपोखरीमा रहेको ऐतिहासिक महत्वको रानीपोखरी पुनःनिर्माण गरी संरक्षण गरिदै। गाउँपालिकाले ऐतिहासिक सम्पदाको संरक्षण गरी ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने नीति लिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ बैशाख २०८१, आईतवार १२:२८सडक कालोपत्र
तनहुँको घिरिङ गाउँपालिका-४ मा कालोपत्र गरिएको सडक । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत मानपुरदेखि ढेडगाउँ जोड्ने सडक अन्तर्गत एघार किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ बैशाख २०८१, शुक्रबार ११:५०घाँसीकुवाको मुल संरक्षण
तनहुँको व्यास नगरपालिका-१२ स्थित घाँसीकुवाको मुल संरक्षणका लागि कुवा निर्माण गरिदै । पृथ्वीराजमार्गको मुग्लिन-पोखरा खण्ड विस्तारका कारण घाँसीकुवा र घाँसीपार्क भत्किएपछि सडक विस्तार योजनाले घाँसीकुवाको मुल संरक्षणका लागि सडकको माथिल्लो भागमा कुवा निर्माण गरिदिएको छ । सडकको तल्लो भागमा रहेको पुरानो कुवा भने सडक सीमा…
पुरा पढ्नुहोस -
२१ बैशाख २०८१, शुक्रबार ११:२७शैक्षिक सामग्री सहयोग गर्दै अभिभावक
तनहुँको व्यास नगरपालिका-७ स्थित कलेस्ती माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत झरना कुमाललाई बिहीबार शैक्षिक सामग्री सहयोग गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने । नगरप्रमुख न्यौपानेले कुमालको अभिभावकत्व ग्रहण गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ बैशाख २०८१, शुक्रबार ११:२५सडक कालोपत्र गरिदै
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवा खण्डमा सडक कालोपत्र गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० बैशाख २०८१, बिहीबार ११:१४श्रमिक दिवसमा र्याली
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले बुधबार दमौलीमा निकालेको र्यालीमा विभिन्न माग लेखिएका प्लेकार्ड सहित सहभागि भएका नेपाल स्वास्थ्यकर्मी संघ तनहुँमा आवद्ध श्रमिकहरु । तनहुँमा नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल ट्रेड युनियन महासंघ -जिफन्ट)ले छुटाछुट्टै विविध कार्यक्रम आयोजना गरी १३५औं श्रमिक…
पुरा पढ्नुहोस -
१९ बैशाख २०८१, बुधबार १२:०७कुकुर र बिरालोको बन्ध्याकरण
बढ्दो रेबिजको प्रकोप नियन्त्रणको लागि खाद्य कृषि संगठनको प्राविधिक सहयोग र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको समन्वयमा तनहुँमा कुकुर र बिरालोको बन्ध्याकरण गरिँदै प्राविधिक । शिविरमा ७५६ वटा कुकुर र बिरालोको बन्ध्याकरण गरिएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ बैशाख २०८१, मंगलवार १३:१२पानीको प्यास
तनहुँको बन्दीपुर गाउँपालिका-१ पिप्लेस्थित पवित्र माध्यमिक विद्यालयका विद्यार्थीहरु पानी पिउँदै। विद्यालयले युरोगार्ड जडित शुद्ध पिउने पानीको व्यवस्था गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ बैशाख २०८१, मंगलवार १२:५०तार व्यवस्थित गरिदै
तनहुँको व्यास नगरपालिका-२ स्थित न्यूरोड क्षेत्रमा सोमबार इन्टरनेट, केवल टेलिभिजन, विद्युत लगायतका तारलाई व्यवस्थित बनाउन थालिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस