मौलिक कौडा/चुट्का गीत ‘बुकी फूल’का संगितकार रेशम गुरुङ सम्मानित

भञ्ज्याङ न्यूज

विशेष गरी गुरुङ र मगर समुदायको संस्कृति र अन्य समुदायलाई समेत आकर्षित गर्ने कौडा/चुट्का गीत संरक्षणको अभियानमा लागेका सर्जक रेशम गुरुङ सम्मानित भएका छन् ।

मौलिक तथा भेग बिशेष गीतलाई प्राथमिकता दिएर नेपाल म्यूजिक तथा फेशन अवार्डले गुरुङलाई नेपाली मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योग्दान पुर्‍याएको भन्दै सम्मान गरेको हो ।

मौलिक कौडा/चुट्का गीत ‘बुकी फूल’मा सर्वोत्कृष्ट संगीतकार (लय) बिधामा गुरुङलाई अवार्ड प्रदान गरिएको छ । अवार्ड प्राप्त गरेपछि गुरुङले भने, ‘यो सम्मानले मौलिक गीत संरक्षणको लागि अझै केही गर्नु पर्छ भन्ने हौसला मिलेको छ ।’

पुरस्कृत गुरुङले बुकी फूल युनिटका गायक/एरेन्जर दुर्गा गुरूङ, गायिका केशु गुरूङ, लक्ष्मी राना मगर, गायक कुम गुरूङ, मान वहादुर वराल मगर (अडियो मिक्सिङ), निर्देशक पर्सन गुरूङ, रमेश श्रेष्ठ, नृत्य कलाकार, सुटीङ युनिटलाई धन्यवाद व्यक्त गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker