गोहीको पेटमा कति बेरसम्म जिउँदो रहन्छ शिकार ?

एजेन्सी

केही दिन अघि भारतको मध्यप्रदेशस्थित श्योपुरमा एउटा गोहीले ८ वर्षका बालकलाई जिउँदै निल्यो । त्यसअघि उत्तराखण्डमा पनि यस्तै घटना भएको थियो ।

मध्यप्रदेशमा मानिसहरु गोहीलाई काटेर बच्चा निकाल्न चाहन्थे तर वन विभाग र प्रहरीले सम्झाई बुझाई गरेपछि समातिएको गोहीलाई छोडियो । गोहीले भैँसी, गाईवस्तु, सर्प, अजिंगर यहाँसम्म कि मानिसलाई समेत निल्न सक्छ । तर गोहीको शिकार उसको पेटमा कति बेरसम्म जिउँदो रहन सक्छ । के तपाईंलाई यसबारे थाहा छ ? यो शिकारको आकार र मजबुतीमा निर्भर हुन्छ ।

 गोहीको पाचन यति तगडा हुन्छ कि यसले ५८ किलोग्रामको मानिस वा जीवलाई गलाएर १३ किलोग्रामको बनाउन सक्छ । यति तौल गोहीको पेट भर्न पर्याप्त हुन्छ ।

गोहीले कसरी पचाउँछ आफ्नो खाना ?

उटाह युनिभर्सिटीका बायोलोजिस्ट सि.जि फारमरका अनुसार खाना पचाउने यो रहस्यमयी तरिकाको पछाडि गोहीको हार्ट भल्भ समावेश हुन्छ जसलाई गोहीले दिमाग अर्थात् न्युरोलोजिकल्ली नियन्त्रित गर्छ । यसले मुटुमा जाने रगतको सञ्चारलाई बाइपास गरेर सिधै आफ्नो पेटससम्म पुर्याउन सक्छ । यसो हुँदा तीब्र गतिमा ग्यास्ट्रिक एसिड निस्कन्छ । जुन कुनै अन्य जीवको पेटबाट निस्कने ग्यास्ट्रिक एसिडभन्दा १० गुणा बढी हुन्छ ।

गोहीले के खान्छन् ?

गोही मांसहारी हुन्छन् । यिनीहरु मासु मात्रै खान्छन् । जंगलमा यिनीहरु माछा, पंक्षी, भ्यागुता खान्छन् । कतिपटक त यिनीहरुले अन्य गोहीमाथि पनि हमला गरेर खाने गर्छन् । बन्द स्थानमा मुसा, माछा, साधारणतया यिनीहरु आफ्नो बंगाराले शिकारलाई स–साना टुक्रामा तोडेर पेटमा पुर्याउने गर्छन् । त्यसपछि थुप्रै दिनसम्म पचाइरहन्छन् । गोहीले कुनै पनि शिकारलाई चपाउन सक्दैनन् । न नै यिनीहरुलाई खान योग्य साना टुक्रामा बाँड्न सक्छन् ।

गोहीलाई खाना पचाउन कति समय लाग्छ ?

विज्ञका अनुसार गोहीले आफ्नो तौलको २३ प्रतिशत हिस्सा बराबरको तौल भएको शिकारलाई एकपटकमा खान सक्छ । अर्थात्, यसको बंगाराले तोडेको शिकार पेटभित्र १०–१२ दिनमा सड्ने गर्छ । यो उसको शरीरको आकार र तौलमा निर्भर हुन्छ । यदि मौसमले साथ दियो भने यो चिसो रगत भएको जीवको शरीरबाट निस्कने एसिडले कुनै पनि शिकारलाई १० देखि १२ दिनसम्म पचाउन सक्छ । त्यसैले जब गोहीले अत्यधिक भारी जीवको शिकार गर्छ, ऊ धेरै दिनसम्म शान्त बसिरहन्छ ।

के गोहीका चार पेट हुन्छन् ?

गोहीका चार पेट हुँदैनन् । तर त्यो दुई भागमा बाँडिएका भने हुन्छन् । पहिलो चेम्बर निकै शक्तिशाली र मासुयुक्त हुन्छ । दोस्रो चेम्बर बढी एसिडिक हुन्छ । अर्थात्, पहिलो चेम्बरमा शिकारलाई तोडमोड गरिन्छ । दोस्रो चेम्बरमा एसिडले त्यसलाई पगालिन्छ । यी दुबै पेट मिलेर शिकारका मांसपेशी, हड्डी, प्वाँख वा सिङसम्म पचाउन सक्छन् ।

गोहीले कसरी गर्छन् शिकार ?

गोहीले आफ्नो शिकारलाई पानी भित्रबाट हेरिरहेको हुन्छ । सही मौकाको प्रतीक्षा गर्छन् । एकछिन मान्नुहोस् कि तपाईं नदीको किनारामा हिँडिरहनुभएको छ । नदीबाट तपाईंलाई गोहीले हेरिरहेको छ । तर तपाईंले गोही कहाँ छ भनेर सुइँकोसमेत पाउनुहुन्नँ । यदि केही गरी देखिहाल्नुभयो भने पनि भाग्न मुश्किल छ । किनभने गोही सतहमा १८ देखि २० किमी प्रतिघण्टाको गतीमा दौडन्छ । उसले आफ्नो शिकारको खुट्टालाई आफ्नो बलियो बंगारामार्फत् भाँच्ने गर्छन् । बंगाराले खुट्टा भाँच्ने बेला उसले ३५०० किलोग्राम तौल बराबरको शक्ति लगाउँछ जसका कारण शिकार वा तपाईं भाग्न सक्ने कुनै सम्भावना नै छैन । त्यसपछि उसले तपाईंलाई घिसारेर पानीमा लैजानेछ र त्यसपछि आरामले खानेछ ।

गोहीको पेटमा कति बेरसम्म जिउँदो रहन्छ शिकार ?

यदि तपाईंलाई गोहीले पानीभित्र तानेर लगेको छ भने सुरुमा त तपाईंको डुबेकै कारण मृत्यु हुनेछ । तपाईंको शरीर चिसो भएपछि यसले तपाईंलाई निल्न सुरु गर्नेछ । यदि गोहीले तपाईंलाई जमिनमा शिकार बनाएको छ भने तपाईं बाँच्ने आशा शून्य बराबर छ । किनभने जब तपाईं उसको पेटको पहिलो चेम्बरमा पुग्नुहुन्छ तब उसको शक्तिशाली मांसपेशीले तपाईंको शरीरलाई तोड्न थाल्छ । दोस्रो चेम्बरबाट निस्कने शक्तिशाली एसिडले तपाईंलाई गाल्न सुरु गर्छ । पानीमा भएको अवस्थामा त बिर्सिनुहोस् कि पेटभित्र कुनै जीव बाँच्नेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker