‘खुर्पेटो चिनो’ कौडा/चुट्का गीत सार्वजनिक
भञ्ज्याङ न्यूज

रेशम गुरुङको शब्द, रेवत राना मगरको लय रहेको कौडा/चुट्का गीत ‘खुर्पेटो चिनो’ सार्वजनिक गरिएको छ । काठमाडौंको जितपुर फेदीमा छायाङ्कन गरिएको मौलिक कौडा/चुट्का गीत खुर्पेटो चिनो (झिल्के भेना-२) युट्युव च्यानल मार्फ सार्वजनिक गरिएको हो ।

तनहुँको भिमाद नगरपालिका ऋषिङ पाटनका रेशम गुरुङले विशेषता गुरुङ र मगर समुदायको साँस्कृतिक पहिचानका रुपमा रहेको कौडा/चुट्का गीत संरक्षण तथा प्रवर्द्धन अभियान अन्तरगत मौलिक परम्परा झल्कने गरी गीतको शब्द चयन गरेका छन भने रेवत राना मगरले गीतमा लय दिएका छन् ।

यस्तै, खुर्पेटो चिनोमा टिका पुन, झन्जट थापा मगर र लक्ष्मी राना मगरको स्वर रहेको छ । दुर्गा गुरुङ एरेन्जर, लेकाली स्टुडियोको रेकर्डिङ रहेको छ भने साउण्ड मिक्सिङ मान बहादुर बराल मगरले र छायाङ्कन मोहन लामाले गरेका छन् ।

कोरियोग्राफर/निदेशन मनाङ गरुङको रहेको छ भने रोधी डिजिटल पोष्ट प्रोडक्सन रहेको छ ।










