ग्यापुको जिङ्गलमा टिकटक बनाएर ३ लाख ५० हजार रुपैयाँ जित्ने मौका

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले आफ्नो जिङ्गलमा टिकटक बनाउने टिकटक प्रयोगकर्ताहरूका लागि ३ लाख ५० हजार रुपैयाँ जित्ने मौका ल्याएको छ ।

‘टिकटक हिरोज सिजन २’ अन्तर्गत ग्यापुको जिङ्गलमा टिकटक बनाउने २ जनालाई ‘वाइल्डकार्ड एन्ट्रि’ दिइने ग्यापुका चिफ मार्केटिङ अफिसर अभिमन्यु शर्माले जानकारी दिए ।

‘वाइल्डकार्ड एन्ट्रि’का लागि सहभागीहरूले ग्यापुको जिङ्गलमा टिकटक बनाइ ग्यापुको टिकटक अकाउन्टमा ‘ट्याग’ गर्नुका साथै नियम बमोजिम ह्यासट्याग समेत प्रयोग गर्नुपर्ने हुन्छ । जसका लागि ग्यापुको अफिसियल टिकटक अकाउन्टमा नमुना भिडियो पनि राखिएको शर्मा बताउँछन् ।

ग्यापुले उक्त प्रतियोगिताको लागि कत्तिक ४ देखि २५ गतेसम्म फारम खुलाएको थियो । जसमा ५ हजारभन्दा बढीले सहभागिता जनाएका थिए । जसमध्ये ९८ जनालाई छनौट गरि प्रतियोगितालाई अघि बढाइएको शर्मा बताउँछन् । भने उक्त प्रतियोगितामा विजेताहरूका लागि कुल ३ लाख ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्मा बताउँछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker