व्यासको नीति : विदेशबाट फर्किएकालाई स्वदेशमै रोजगारीको वातावरण बनाउने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले वैदेशकी रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्ने नीति लिइएको छ । कार्यालयले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउन कूल २४ लाख ७५ हजार रुपैयाँ अनुदानस्वरुप रकम वितरण गरेको छ ।

नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा बसेर विभिन्न व्यवसायमा आवद्ध भएका व्यक्तिलाई प्रोत्साहनस्वरुप अनुदान रकम प्रदान गरेको कार्यालयले जनाएको छ । विदेशबाट फर्किएर व्यवसाय सञ्चालन गर्दै आएका ५७ व्यक्तिलाई अनुदान प्रदान गरेको छ । अनुदानका लागि १०१ जनाको आवेदन परेकोमा ५७ जनालाई अनुदान प्रदान गरिएको छ । आवेदन परेकामध्ये १२ जनाको सुरुमा नै आवश्यक कागजात नपुगेकाले फर्काइएको बताइएको छ ।

यस्तै ८९ जनाको व्यवसायको स्थलगत अनुगमन गरी पूर्ण रुपमा मापदण्ड पूरा गर्ने ५७ व्यक्तिलाई अनुदान प्रदान गरिएको छ । नगरपालिकाले ६१ जनालाई अनुदान रकम, ५७ जनालाई प्रोत्साहन अनुदान प्रदान गरेको र तीन जनाले कृषि र पशुपालनबाट अनुदान पाएकाले दोहोरो नहुने गरी समावेश गरिएको सूचना अधिकारी कुमारकञ्चन जिसीले बताए ।

मापदण्ड पूरा गरेका व्यवसायको आकार अनुसार २५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म अनुदान प्रदान गरिएको जिसीले बताए । एक लाख भन्दा बढी अनुदान दिन नपाउने प्रावधान रहेकाले क्षेत्राधिकारभित्र रहेर वैदेशिक रोजगारीबाट फर्किएर यही व्यवसाय गर्ने व्यक्तिलाई अनुदान प्रदान गरिएको उनले बताए ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउने उद्देश्यले अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याइएको उनले बताए । उनले भने, ‘स्वदेशमा नै स्वरोजगार भएर बस्ने वातावरण तयार गर्ने नगरपालिका तथा जनप्रतिनिधिको प्रतिबद्धता अनुसार अनुदान प्रदान गरिएको हो ।

दूध र मासुमा व्यास नगरपालिका आत्मनिर्भर भइसकेकोले अन्य खाद्यवस्तुमा आत्मनिर्भर बनाउन युवाको जोस र लगनशीलताका सम्मान गर्न लागेको छ । विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्नुपर्छ, भन्ने उद्देश्यले समृद्ध व्यास नगर बनाउन आवश्यक देखिएकोले अनुदानका कार्यक्रम ल्याइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘कृषिजन्य र गैरकृषिजन्य भूमिको वर्गीकरण गर्ने तयारीमा छौं, यसपछि युवाहरुलाई व्यवसायिक रुपमा अगाडि बढ्न थप मद्दत पुग्ने छ ।’

विदेशमा सिकेको सीपलाई यही उपयोग गर्दै यहाँ उत्पादित बाँस, कसेल्टाको मुडा, चकटी लगायतका सामग्री निर्माण गरी विदेश निर्यात गर्ने विषयमा पनि छलफल भइरहेको नगरप्रमुख न्यौपानेले बताए ।

युवालाई तालिम र सीप प्रदान गरी उद्यमशील बनाउने योजना नगरपालिकाले लिएको छ । यसवर्षको अनुदानमा नसमेटिएका व्यवसायीलाई आगामी वर्षप्रदान गर्ने गरी व्यवसायलाई विस्तार गर्ने योजना रहेको नगर प्रमुख न्यौपानेले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker