रिस्ती मतदान क्षेत्रमा अनधिकृत व्यक्तिलाई प्रवेश निषेध

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-८ रिस्ती स्थित गाविस भवन फेदी मतदान केन्द्रमा अनधिकृत व्यक्तिलाई प्रवेशमा जिल्ला प्रशासनले रोक लगाएको छ । गाविस भवन फेदी मतदान केन्द्र (क) र (ख) मा भोली बुधबार हुने पुनः मतदानका बेला बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरिएको हो ।

उक्त मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार र निजको प्रतिनिधि, निर्वाचनमा खटिएका कर्मचारी, अनुमति प्राप्त व्यक्ति वा संस्थाका प्रतिनिधि र सुरक्षामा खटिएका कर्मचारी बाहेक अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए ।

गत वैशाख ३० गते स्थानीय तह निर्वाचनका क्रममा व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीमाथि मतदान केन्द्रभित्रै आक्रमण भएपछि निर्वाचन आयोगले उक्त मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

उक्त केन्द्रमा हुन लागेको पुनः मतदान कार्यलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदातालाई सुरक्षित, भयरहित वातवरणमा मतदान गर्न आवश्यक सम्पूर्ण तयारी पुरा गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker