दमौलीमा चार दिने नृत्य प्रशिक्षण सम्पन्न

नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान काठमाडौको आयोजना तथा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको सहआयोजना दमौलीमा चार दिने नृत्य प्रशिक्षण मंगलबार सम्पन्न भएको छ ।
असार ४ गतेदेखि शुरु भएको नृत्यको ताल, वेशभूषा र सैद्धान्तिक प्रशिक्षण कार्यक्रम दमौली स्थित भिक्टोरिया डान्स एन्ड एक्टिङ्ग स्कुलमा सम्पन्न भएको हो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नृत्य बिभाग प्रमुख नमुना शर्माको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा गण्डकी प्रदेशका पुर्व अर्थ मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
सो अवसरमा बोल्दै कला संस्कृति हाम्रो सम्पदा भएकोले यसको संरक्षण गर्नु आजको आवश्यकता भएको उनले बताए । मञ्चले संरक्षण एवं सम्बद्र्धनको लागि जुन किसिमको थालनी र पहलकदमी गरियो त्यो प्रशंसानीय रहेको उनले बताए ।
उक्त प्रशिक्षण कार्यशालामा ४३ जना प्रशिक्षार्थी नृत्य क्षेत्रमा प्रशिक्षणमा लिएका थिए। काठमाडौ बाट आएका सुरेन्द्र देशारले प्रशिक्षार्थीलाई प्रशिक्षण प्रदान गरेका थिए । साथै भिक्टोरिया डान्स एण्ड एक्टिङ्ग स्कुलका संचालक सर्जन थापाले सहायक प्रशिक्षक तथा कार्यक्रम संयोजकको भुमिका निभाएका थिए ।
कार्यक्रम संचालन भने सह आयोजक संस्थाका गीतल प्रतिस्ठान नेपाल तथा नाटक मन्चका अध्यक्ष आकाश अधिकारी गर्नु भएको थियो। गीतल प्रतिस्ठान नेपाल तथा नाटक मञ्च तनहुँले बिगत दुई दशक देखी भाषा, साहित्य, कला, संस्कृति साथै समग्र वाङ्गमयको क्षेत्रमा कृयाशिल रहदै आएको छ।










