करको दर वृद्धि नगर्न तनहुँका व्यवसायीको आग्रह

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघले जिल्लाका स्थानीय तहलाई करको दर वृद्धि नगर्न आग्रह गरेको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गरी करको दर वृद्धि नगरी तिर्दै आएको रकम नै कायम गर्न संघले आग्रह गरेको छ ।

संघका कार्यसमिति, सल्लाहकार, संघ अन्तर्गतका सम्पूर्ण बजार इकाइ, महिला उद्यमी विकास समिति, संघमा आबद्ध वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि सहभागी बैठकले जिल्लाका स्थानीय तहलाई उक्त अनुरोध गर्ने निर्णय गरेको हो । विभिन्न पालिकाहरूले लिईदै आएको व्यवसाय कर सम्बन्धि व्यवसायीको वस्तुगत मूल्याङ्कन वर्गीकरण र व्यवसायको आधारमा जिल्ला भरिनै एकरूपता कायम गर्न पालिकाहरूलाई अनुरोध गर्ने निर्णय भएको स‹का अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

बैठकले संकलन भएका कूल रकमको २० प्रतिशत संघलाई उपलब्ध गराइ उक्त रकम बजार इकाई अन्तर्गतका उद्योग, व्यापार, पर्यटन, प्रवर्द्धन र सामाजिक विकासका खर्च गर्ने निर्णय गरेको छ । पछिल्लो समयमा बैंकबाट प्रवाह भएको नयाँ तथा पुरानो कर्जाहरूमा व्याजदर उच्च रहेकाले अबः प्रान्त सम्पूर्ण उद्योगी, व्यवसायीहरूलाई आधार दरमा दुइ प्रतिशत मात्र प्रिमियम थप गरि ब्याजदर कायम गर्नका लागि सम्पूर्ण वित्तीय संस्थाहरूलाई ध्यानाकर्षण गर्ने निर्णय गरिएको छ ।

उनले भने “नीजि क्षेत्र माथि आइलागेको विद्यमान आर्थिक संकट र असहज परिस्थितिका बीच बैंकले आफ्नो फाइदा मात्र उठाउने नभई व्यवहारिक र मानवीय हिसाबले पनि नीजि क्षेत्रको सहयोगी र आर्थिक समृद्धिको साझेदारको रूपमा आफूलाई उभ्याउन आग्रह गर्ने निर्णय गरेका छौ ।” बैठकले कोभिड-१९ को महामारी पछि आंशिक रूपमा चलायमान हुँदै गएको आर्थिक गतिविधि पछिल्लो समय बैंकहरूमा देखिएको तरलता अभावका कारण ऋण प्रवाहमा गरिएको संकुचन तथा कर्जा असुलीमा गरिएको कडाइका कारण व्यवसायी तहस-नहस हुने संघारमा पुगेकाले धितो लिलाम तत्कालै नगर्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

साथै होटल व्यवसायीहरूलाई साँझको समयमा, समय निर्धारण गरिएकामा त्यस तर्फ व्यवसायको प्रकृति हेरी समय थप गरि लचकता प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय तनहुँलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker