भानु नगरपालिकाद्वारा प्याड डिस्पोजल मेशिनको सफल परीक्षण र जडान

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले विद्यालयमा वितरण गर्न लागेको इलेक्ट्रोनिक सेनिटरी प्याड डिस्पोजल मेशिनको परीक्षण गरी जडान गरेको छ । नगरपालिकाले वडा नं. २ स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय नारेश्वरटारमा मेशिन परीक्षण गरी जडान गरेको हो ।

विद्यालयमा जडान गरिएको उक्त मेशिनमा परीक्षणका लागि सेनिटरी प्याड राखेर प्रयोगात्मक रूपमा डिस्पोज गरिएको थियो । मेशिन बिक्रेता कम्पनीको तर्फबाट प्राविधिक सागर खनाल र भानु नगरपालिकाका कर्मचारीहरूले विद्यार्थीहरुको सहभागितामा उक्त मेशिन परीक्षण गरेका थिए ।

त्यस्तै, विद्यालयका सेनिटरी प्याड व्यवस्थापन गर्ने महिला फोकल पर्सन उषा श्रेष्ठ तथा प्याड प्रयोगकर्ता कक्षा ९ र १० मा अध्ययनरत बालिकाहरूले मेशिन परीक्षणको अवलोकन गरी यसको सहि प्रयोग गर्ने तरिकाका विषयमा जानकारी लिइएका थिए भने प्राविधिकहरुले सहजीकरण गरेका थिए ।

वातावरणमैत्री र प्रयोगकर्तामैत्री इलेक्ट्रोनिक मेशिनको प्रयोगबाट सेनिटरी प्याडको उचित व्यवस्थापन र विर्सजन गर्न सघाउ पुग्ने नगर शिक्षा अधिकारी ध्रुव राज पौडेलले बताए । प्रयोग भएका प्याड यस मेशिनमा राख्ने र भरिएपछि मेशिन स्टार्ट गर्दा २५ देखि ३० मिनेटमा सबै प्याड डिस्पोज भई खरानीमा परिणत हुने प्राविधिकले बताएका छन् । मेशिनमा प्याड डिस्पोज भई निस्कने धुवाँ आउटलेट पाइपबाट बाहिर फाल्ने व्यवस्था गरिएको छ ।

नेपाल सरकारले कक्षा ६ देखि १२ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत बालिकालाई निःशुल्क सेनिटरी प्याड वितरण गरिरहेको छ । यसको सहि ढंगले विर्सजन गर्नका लागि भानु नगरपालिकाले सबै सामुदायिक माध्यमिक विद्यालयहरूमा यो मेशिन वितरण गर्ने तयारी गरेको शिक्षा अधिकारी पौडेलले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker