पुस्तक समीक्षा

रामचन्द्र चापागाई

नेकपा महासचिव क. पुष्पलालको भारतको दिल्ली स्थित गोविन्दबल्लभ पन्थ हस्पिष्टलमा २०३५ श्रावण ७ गते निधन भएको हो । उहाँको निधन भएको पनि साढे चार दशक बित्न लागिसकेको छ । त्यतिबेला मुलुकमा निरंकुश पञ्चायती व्यवस्था अर्थात राजाको प्रत्यक्ष शासन थियो ।

दलहरु प्रतिबन्धित भएका कारण नेकपाको प्रवास अफिस बनारसमा थियो। पार्टीका संस्थापक महासचिव पुष्पलाल बिरामी भइ उपचारको लागि दिल्ली लगिएको थियो । दुःखको कुरा उहाँको उपचारकै क्रममा निधन हुन पुग्यो । उहाँको अस्तु मुलुकभित्र ल्याउनसम्म पञ्चायती सरकारले अनुमति दिएन ।

लुकिछिपी अर्थात भूमिगत रुपमै भएपनि श्रद्धेय नेताको अस्तु मातृभूमि नेपालभित्रै पशुपति आर्यघाटमा विस्जन गर्ने पार्टीले निर्णय लिएको थियो । अपसोच त्यतिबेला बनारसदेखि काठमाडौं अस्तु ल्याउन कोही नेता तयार भएनन् । विश्वबन्धुले रामचन्द्र चापागाई, रामबहादुर भण्डारी र म समेत भई अस्तु काठमाडौं ल्याउने जिम्मेबारी लिएका थियौ । हामी तीन जना बीच आपसी सरसल्लाह भयो ।

विश्वबन्धुजीले र आर.वी. भण्डारीले काठमाडौंमा अगाडि गएर प्रशासनिक गतिविधि बुझ्न पठाइयो । आज धेरै लामो समयपछि विश्वबन्धुद्वारा प्रकाशित भञ्ज्याङका सम्पादकीय संग्रह खण्ड १ र २ प्राप्त भएपछि मलाई यो पुरानो सम्झना आएको हो । विश्वबन्धुजीसँग मेरो निकै हार्दिक सम्बन्ध थियो र अहिले पनि छ । म भैरहवातिर बस्ने उहाँ तनहुँ । यर्सअर्थमा पनि भेटघाट निकै पातलिन पुगेको थियो ।

संयोग पुस्तकले हामीलाई फेरी नजिक ल्यायो । बाल्यकाल हुँदै त्यो तन्नेरी अवस्थाको हाम्रो राजनीतिक जीवनयात्राको रिल मेरो दिमागमा घुम्न थाल्यो । हामीले काठमाडौंको पशुपति आर्यघाटमा अस्तु विसर्जन गरेपछि मनमोहन अधिकारी, सिद्धिलाल र हिकमतसिह भण्डारीले पार्टी एकताबारे छलफल गर्न बोलाएको र कुराकानीपछि दरभंगामा आयोजना हुने (२०३५ असोज ६ गते) संकटकालीन सम्मेलनमा भेट हुने सहमति भयो । हामी पोखरा गयौ । मनमोहनपनि पोखरा पुग्नु भएको थियो । क. मनमोहनले आर.सी. तपाईलाई पुलिसको निग्रानी छ भनेपछि विश्वबन्धु र म तनहुँतर्फ लाग्यौं । तनहुँका विभिन्न ठाउँमा दिवंगत नेताको स्मृतिमा श्रद्धाञ्जली सभा पनि सम्पन्न गर्‍यौं ।

अब लागौं पुस्तककै सन्दर्भतर्फ निरंकुश पञ्चायती व्यवस्था, संयुक्त जनआन्दोलन, बहुदलीय प्रजातन्त्र, त्यसपछिको जनआन्दोलन २ र त्यसयता संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको साक्षी भञ्ज्याङका छानिएका सम्पादकीयहरुको संकलन, नेपालको राजनीतिक विषयमा अध्ययन गर्न इच्छुक जो कसैलाई पनि उपयोगी हुने विश्वास पुस्तक अध्ययनबाट मैले लिएको छु ।

स्वयं लेखक विश्वबन्धुले २०४० माघ २३ गते अंक ९ मा साहसका साथ उहाँको कलम बोल्छ “पिस्कर हत्याकाण्डले पुनः मध्ययुगिन बर्वरतालाई झल्काएको छ ।” सम्पादकीयले अगाडि भन्छ परम्परागत चाडपर्वमा मेला भर्न धार्मिक स्थलमा जुटेका निहत्था एवं निरीह जनता माथि सुनसान मध्यरातमा पञ्चायती प्रहरीद्वारा गोली चलाइ हत्या गरिएकोले देश व्यापी रुपमा सनसनी फैलिएको छ” भनिएको छ। हुन त पञ्चायती कालमा यस्ता गोलीकाण्डहरु नौला र अपूर्व घटना होइनन भन्नुमा युक्ति संगत नहोला ।

२०५९ आश्विन १८ पछि शुरु भएको प्रतिगमन विरोधी आन्दोलन माथिको बेला संसद पुनःस्थापनाको बहस राजनीतिक क्षेत्रमा शुरु भएको छ । साथै २०६० चैत्र २ गते सम्पादकीयले चौतर्फी विरोधका बिच श्री ५ को एकपछि अर्को कदमले संकट निम्त्याउदै गरेको छ । प्रस्तुत ग्रन्थ आम पाठकलाई कति उपयोगी होला त्यो बेग्लै विषय हो । तत्कालिन घटनाक्रम तथा तथ्य तथ्याङ्कहरु विविध अनुसन्धान र सोधार्थीहरुका लागि अत्यन्त उपयोगी हुनेछ । प्रकाशक शकुन्तलाको भनाइ ।

विश्वबन्धुसँग २०२७ देखि २०४७ सालसम्म पुरै २० वर्षसंगै रह्यौ । सँगै हिडेयौ, समान विचार बोल्यौ, आज पनि सँगै एउटै पार्टी एमालेमा छौ । पुरानो एउटा घटना सम्झना आयो ढोरफिर्दीको गणपति बजारमा प्रधानपन्चलाई पिट्यौ, भागदौड मच्चियो । यी प्रतिनिधि घटनाले त्यतिबेला हाम्रो साहस र उत्साहका कारण पार्टी संगठन विस्तारमा महत्वपूर्ण योगदान पुगेको थियो भन्ने मलाई लागेको छ । मैले भन्नै पर्दछ साथीको सम्पादकीयसँग किताबले उहाँमा रहेको लेखनीको उर्जा अझै निरन्तर रहोस्, स्वास्थ्य लाभ र प्रगतिको कामना गर्दछु ।

प्रस्तुत पुस्तक सोधकार्यलाई स्रोतग्रन्थ हुनेछ । विषयवस्तु र लेखनशैली साहित्यिक जस्तो पनि छ । नेपाली राजनीतिको यो किताब गृष्मबहादुर देवकोटाको पुस्तकलाई सम्झना गराएको जस्तो पनि लाग्यो । प्रस्तुत पुस्तकको शिक्षाले लोकतन्त्रवादीलाई मात्र हैन सबै परिवर्तनगामीहरुका लागि पठनीय छ । तत्कालिन समयका राजनीतिक घटनाक्रम र अन्य क्षेत्र विषय पनि शिक्षाप्रत छन ।

प्रस्तुत पुस्तकको पहिलो खण्डमा तत्कालिन प्रधानमन्त्री एवं नेपाल कम्युनष्टि पार्टी (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीले महत्वपूर्ण र सान्दर्भिक शुभकामना व्यक्त गर्नुभएको छ । मेरो साथी विश्वबन्धुजीको बौद्धिक प्रगति भएको मैले पाएँ । लोकतन्त्र, संविधानसभा, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आदि लेखमा समय सान्दर्भिक अनुसार धेरै विषयहरु पुस्तकबाट प्राप्त गर्न सकिन्छ। यस ग्रन्थमा उनका सहपाठी, सहकर्मी, घनिष्ट मित्रका नाम छुटेका छन ।

पहिलो पुस्तक सबै गरी जम्मा ८०६, ३१ र १९ गरी जम्माजम्मी ८५३ पेज छन । किताबको डिजाइन सुन्दर र पठनीय छ । दोस्रो किताब खण्ड २ को १६, १४७ गरी १६३ पेज छन । दुवै खण्ड गरी ८५३ र १६३ गरी ९४६ पेज रहेछ । प्रथम भागमा ८५९ र दोस्रोमा १४६ गरी १००५ वटा सम्पादकीयहरु २०३९ चैत्र २५ गतेबाट २०७७ साउन २८ गतेसम्मका सम्पादकीयहरु पुस्तकमा कैद भएका रहेछन । \

यो नै उहाँको जीवनको ठूलो उपलब्धी मैले मानेको छु । मूल्य प्रथम खण्डको ११०० दोस्रो खण्डको ६०० रहेछ । किताब खदिलो र साना अक्षरमा लेखिएको छ । केपीशर्मा ओली समेतका ६/७ जनाले शुभकामना दिएका छन । सर्सती पढ्दा ७ दिन लाग्यो । क. भण्डारी सादा सरल मेहनति पत्रकार र सम्पादक हुन । साथै रेडियो तनहुँका उपाध्यक्ष समेत हुन र नेकपा -एमाले) केन्द्रीय सल्लाहकार परिषदका सदस्य हुन । बहुप्रतिभाशालीका धनी विश्वबन्धुको दुइ किताब छोटो टिप्पणी मैले प्रस्तुत गरेको छु ।

क. विश्वबन्धु २०२३ सालबाट राजनीतिक पार्टीमा लागेका नेता हुन । म भन्दा २ वर्ष जेठो ७४ वर्षमा हिड्दै छन । नेकपाका संस्थापक पुष्पलालसंग धेरै पटक हामीले सँगै भेट्यौं । संगै मिटिङ पनि गर्‍यौं । २०२९ सालको स्याङजा जिल्लाको हरिनास सम्मेलनमा हामी सँगै प्रतिनिधि थियौं । पुष्पलालको निधन पछिको दरभंगा सम्मेलनमा पनि हाम्रो सहभागिता रहेको थियो । त्यहाँ मनमोहन सिद्धिलालहरुको उपस्थिति रहेन । उक्त दरभंगा सम्मेलनबाट म केन्द्रीय कमिटीको सदस्यमा छानिएको थिएँ । विश्वबन्धुजी हरिनास सम्मेलनबाटै अञ्चल कमिटीको सदस्यमा छानिनु भएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker