दमौलीमा विदेशी चिकित्सकहरुको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

भञ्ज्याङ न्यूज

तनहुँको दमौलीमा विदेशी चिकित्सकहरुको सहयोगमा निःशुल्क बृहत स्वास्थ्य शिविर गरिने भएको छ ।

रोटरी क्लब अफ दमौलीले रोटरी क्लब अफ ताइवान तथा दमौली अस्पतालको प्राविधिक सहयोगमा यही कात्तिक १५ र १६ गते दुइ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।

दमौली अस्पतालमा बिहान १० बजेबाट साँझ ५ बजेसम्म शिविर सञ्चालन गर्ने तयारी भएको आयोजक क्लवका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक रजिनलाल श्रेष्ठले बताए ।

ताइवानका २६ जना र बाँकी नेपालका गरी ४० जना विशेषज्ञ सहित दमौलीमा २ दिन सञ्चालन हुने शिविरमा १० भन्दा बढी चिकित्सा सेवा प्रदान गर्ने तयारी भएको पत्रकार सम्मेलन गरी संयोजक श्रेष्ठले जानकारी गराए ।

दमौलीमा सुविधा सम्पन्न अस्पातल र विशेषज्ञ चिकित्सकको अभाव रहेको अवस्थालाई मध्यनजर गरी विशेषज्ञ चिकित्सा सेवा निःशुल्क रुपमा प्रदान गर्न लागिएको रोटरी उनले बताए ।

शिविरमा २६ जना विदेशी चिकित्सक, ९ जना पोखराका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र ५ जना दमौली अस्पतालका चिकित्सले सेवा प्रदान गर्ने भएका छन् ।

शिविरमा दाँतका विशेषज्ञ चिकित्सा सेवा, हाडजोर्नी सम्बन्धी चिकित्सा सेवा, आँखा सम्बन्धी विशेषज्ञ चिकित्सा सेवा, स्त्री तथा प्रसुती रोग सेवा, छाला तथा यौनरोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, प्रयोगशाला परीक्षण सेवा, एक्स-रे/भिडियो एक्स-रे सेवा र औषधी वितरण लगायतका सेवाहरु प्रदान गनिरे क्लबका पूर्व अध्यक्ष दमोदर भण्डारीले बताए ।

पाँच हजार जनाको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गर्ने लक्ष्य आयोजकले राखेको छ । सो क्रममा करिब ६ देखि ८ लाख रुपैयाँसम्मको औषधी वितरण गर्ने योजना बनाइएको छ । विदेशी चिकित्सकले आफुले हेर्ने बिरामीलाई आवश्यक औषधी र प्रविधि विदेशबाट नै ल्याउने छन् ।

दमौली अस्पतालको स्तरवृद्धि गर्ने दीर्घकालिन उद्देश्य राखेर शिविर आयोजना गरिएको क्लबका अध्यक्ष रामलाल श्रेष्ठले बताए । रोटरी क्लबको उद्देश्य २ दिने स्वास्थ्य शिविर मात्र नभइ दमौली अस्पातलको स्तरवृद्धि गरी छिट्टै सबै खालका विशेषज्ञ सेवा जिल्लामै उपलब्ध गराउनु रहेको उनले बताए ।

उक्त शिविरबाट समस्त जिल्लाबासी लाभन्वित हुन भन्ने उद्देश्यले सबै पालिकालाई जानकारी गराइएको समेत आयोजकले जानकारी दिएको छ ।

शिविरलाई व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, रोटरी क्लब अफ पोखराले समेत सहयोग गरेको क्लबका निवर्तमान अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए ।

शिविरका लागि ताइवानका चिकित्सकहरुले ल्याएका औषधी र स्वास्थ्य परिक्षण उपकरणहरु शिविर पश्चात दमौली अस्पाललाई नै सहयोग गर्ने सहमति भएको आयोजकले बताएको छ ।

२६ जना चिकित्सक र अन्य स्वयंसेवक रोटरियन, ताइवानका सञ्चारकर्मी सहित ८३ जनाको टोली शिविरका लागि दमौली आउने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker