सत्यसाइ साकोसको चौधौं बार्षिक साधारण सभा सम्पन्न

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे स्थित श्री सत्यसाइ बचत तथा ऋण सहकारी संस्थाले चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राज कुमार श्रेष्ठको सभापतित्वमा आयोजित साधारण सभामा जिल्ला सहकारी संघ तनहुँका उपाध्यक्ष तथा संस्थाका निर्वतमान अध्यक्ष राजेन्द्र पियाले सकोसले छरिएर रहेका पुँजीलाई संकलन गरी साना व्यवसायीको उत्थानका लागि खेलेको भूमिका विषयमा चर्चा गरेका थिए ।

साधारणसभामा सकोसका कोषाध्यक्ष दिल कुमार श्रेष्ठले १३ करोड रुपैयाँ बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल मुस्लिम संघ तनहुँका सभापति एवं संस्थाका शिक्षा संयोजक नेक महमद मियाले सहकारीको मर्म र भावनाको बारेमा बोल्दै नेपालका सहकारी अभियानका महान ब्यक्तित्व स्व. बखान सिंह गुरुङले गर्नु भएको कार्यको चर्चा गरेका थिए ।

कार्यक्रममा संस्था सचिव सन्दिप खनाल, लेखा संयोजक सुजन श्रेष्ठ, ऋण संयोजक हरिराज न्यौपानेले आ-आफ्नो प्रतिबेदन प्रस्तुत गरेका थिए भने संस्थाका उपाध्यक्ष राम बहादुर श्रेष्ठ, सल्लाहकार सदस्य राज कुमार श्रेष्ठ, ऋषि समिति सदस्य हेमलाल भि.के लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यालयका प्रमुख अमुत बस्नेतले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker