दमौलीमा खुल्ला दौड प्रतियोगिता हुने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौलीमा रोट्याक्ट क्लब अफ दमौलीले २०औं स्व. सचिन स्मृतिमा खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । क्लवले फागुन ७ गते खुल्ला दौड प्रतियोगिता गर्न लागेको हो ।

दमौलीको अनसन चौतारीबाट शुरु हुने दौड सफासडक, पृथ्वीराजमार्ग, गल्वुवेशी, भादगाउँ हुँदै छाब्दी बाराही मन्दिरमा पुगेर टुङ्गनिेछ ।

९ किलोमिटर दूरीको दौड प्रतियोगिताका प्रथमलाई रु १४ हजार, द्वितीय हुनेलाई रु १२ हजार र तृतीय हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक उमेश पौडेलले जानकारी दिए ।

यस पटकको प्रतियोगितामा विभागीय धावकलाई सहभागि नगराइने उनले बताए । भारतको कोलकातामा क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका तत्कालिक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष विशाल श्रेष्ठले बताए ।

दौडले छाब्दीवाराही मन्दिरको धार्मिक पर्यटन प्रबर्धनका लागि पनि सहयोग पुग्ने उनले बताए । विगतका वर्षभन्दा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको क्लबले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker