मलेसियामा नेपाललाई दिइयो : साहसिक खेलमा प्रथम मुलुकको अवार्ड

मलेसिया । मलेसियामा आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट नेपाल एशियामै साहसिक खेल गतिविधिमा ‘प्रथम मुलुक’ घोषित भएको छ ।

आरएनए मिडिया ग्रुपले गरेको अध्ययनबाट प्राकृतिक सम्पदा, जलस्रोत र भौगोलिक विविधतामा सम्पन्न नेपाल साहसिक खेलको सम्भावनाका दृष्ट्रिले एशियाली मुलुकमध्ये ‘शीर्ष दश’ भित्र पर्दै प्रथम मुलुक घोषित भएको हो ।

मलेशियाको राजधानी क्वालालम्पुरमा आयोजित समारोहमा मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलले अवार्ड ग्रहण गर्दै साहसिक खेलका लागि नेपालमा उपयुक्त स्थानहरु र अनुकुल मौसम रहेको बताउनुभयो ।

साहसिक खेलका लागि आवश्यक पर्ने पूर्वाधारहरु प्राकृतिक रूपमै बनेको चर्चा गर्नुहुँदै उहाँले मौलिक कला, संस्कृति र सम्पदामा पनि नेपाल पर्यटनको प्रशस्त सम्भावना बोकेको मुलुक रहेको बताउनुभयो ।

समारोहमा सञ्चारकर्मी, चलचित्र निर्माता, पर्यटन व्यवसायी, साहसिक खेलाडीहरुको सहभागिता थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker