को हुन् सर्वेन्द्र खनाल ?

तनहुँ जिल्लामा २०२३ वैशाख १३ गते जन्मिएका सर्बेन्द्र खनालले लैनचौरस्थित शान्ति विद्यागृहबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । त्यसपछि अमृत साइन्स क्याम्पस (अस्कल) मा भर्ना भएका थिए । त्यहाँबाट आइएस्सी गरेर उनले शंकरदेव क्याम्पसबाट बीकम गरेका थिए । त्यसपछि उनले छात्रवृत्तिमा बीकम अध्यययन गरेका उनि २९ माघ ०४६ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा हुँदा कार्य सम्पादन मूल्याङ्कनमा शीर्ष स्थानमा रहेका थिए । प्रहरी संगठनभित्र रहँदा जिम्मेवार र सक्षम अफिसरको रुपमा परिचय स्थापित गराएका थिए । उनी नेकपा एमालेबाट तनहुँ क्षेत्र नं. १ मा उम्मेदवारको रुपमा चुनावी मैदानमा रहेको भएपनि सबै राजनीतिक नेतृत्वसँग पनि सन्तुलित सम्बन्ध राख्ने अफिसरको रुपमा पनि चिनिने गरेका थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख रहेका उनले काठमाडौंमा १० वर्षदेखि बिग्रिएको ट्राफिक बत्तीलाई ‘स्मार्ट लाइट’ जडान तथा रिप्लेस गरेर चर्चामा थिए । महानगरीय अपराध अनुसन्धान महाशाखासहितका महत्वपूर्ण प्रहरी इकाइको नेतृत्व गरिसकेका खनालले सीमावर्ती क्षेत्र बारा, पर्सा, वीरगञ्ज लगायतमा समेत कुशलतापूर्वक नेतृत्व सम्हालिसकेका थिए । इन्स्पेक्टर हुँदा उनले वडा प्रहरी कार्यालय, दरबारमार्ग र कालिमाटीको प्रमुखका रुपमा काम गरेका थिए । डीएसपीमा बढुवा भएपछि उनले नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र रामेछापमा काम गरेको उनी एसपीका रुपमा बारा, धनुषा र काठमाडौंको नेतृत्व उनले गरेको थिए ।

उनी एसएसपी भएपछि अञ्चल प्रहरी कार्यालय नारायणीमा पनि नेतृत्वमा गरेको थिए । एसएसपी भएकै बेला केन्द्रीय प्रहरी प्रवक्तासमेत बनेका थिए उनी । अञ्चल प्रहरी कार्यालय नारायणीमाा उनलाई प्रहरीको केन्द्रीय कार्यालयलले उत्कृष्ट प्रहरी अफिसरको रुपमा पुरस्कृत समेत गरेको थियो । जागिरे जीवनका क्रममा खनालले २२ वटा विभुषण र १२ तालिम हासिल गरेका छन् । खनालले महानगरीय अपराध अनुसन्धान महाशाखाको नेतृत्व सम्हालेका बेला नेपाली फुटबलभित्रको म्याच फिक्सिङ प्रकरणको पर्दाफास गरेका थिए ।

सन् २००८ देखि नेपालले खेलेको अन्तर्राष्ट्रिय खेलहरुमा पैसा लिएर हारेको पुष्टि भएको थियो । महाशाखामै रहँदा उनले गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ को इन्काउन्टर गरेका थिए । घैंटे सामाखुसी लगायतका क्षेत्रमा चन्दा असुल्ने, भूकम्प पीडितलाई सहयोग गर्ने भनेर राहत उठाएर आफूले खर्च गर्ने लगायतका कार्यमा संलग्न थिए । भारतले नाकाबन्दी लगाएका बेला उनले पेट्रोल पम्पहरुको ठगी धन्दाविरुद्ध पनि अप्रेशन चलाएका थिए । उनले पेट्रोल पम्पहरुले चिप्स जोडेर रिमोटबाट १ सय लिटरमा ३ देखि ४ लिटर पेट्रोल ठगी हुने गरेको रहस्य सार्वजनिक गरेका थिए ।

त्यस्तै, उनले काठमाडौंका अवैधानिक शैक्षिक परामर्श केन्द्र (कन्सलटेन्सी) हरुकमा छापा मारेर ठगी धन्दामा संलग्नहरुको पर्दाफास गरेका थिए । जनआन्दोलनपछि उनी बारामा गएका थिए । उनी प्रहरी सेवाकै क्रममा हाइटीमा समेत पुगेका थिए । उनीसँग यूएन मुख्यालयमा रहेर काम गरेको समेत अनुभव छ । तराइमा सशस्त्र समूहको बिगबिगी रहेका बेला उनले ती समूहका गतिविधिलाई निस्तेज पार्न पनि भूमिका खेलका थिए । त्यसबेला १ सय ९ समूहमा विभाजित सशस्त्र समूहहरुलाई उनले औंलामा गन्न सकिनेमा झारेका थिए । दोस्रो संविधानसभाका बेला आपराधिक गतिविधि गरिरहेका जनतान्त्रिक तराइ मुक्ति मोर्चाका अध्यक्ष तथा सैन्य कमाण्डर राजनमुक्ति भनिने रञ्जित झालाई उनले भारतको पटनाबाट नियन्त्रणमा लिएका थिए । गोइत समूहका अभिताभ पनि त्यसबेलै पक्राउ परे । खनालले देश र जनताका पक्षमा रहेर काम गरेका छन् ।

खनला प्रहरी प्रमुख हुदा इ-पुलिसिङको अवधारणाअनुसार पुलिस रिपोर्ट लिनका लागि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न पुलिस रिपोर्टका लागि अनलाइन रजिष्ट्रेशन खुल्ने भएको छ । विदेश बस्नेले पनि अनलाइन रजिष्ट्रेशन भनेर उतै नेपालको पुलिस रिपोर्ट पाउनसक्ने भएका छन् । बढ्दो विद्युतीय कारोबार मार्फतका अपराध नियन्त्रणका लागि विद्युतीय कारोबार नियन्त्रण ब्युरो र मानव बेचविखन नियन्त्रण ब्युरो स्थापना गरे । उनकै कार्यकालमा महिलाविरुद्ध हुने हिंसाको अभिलेखन कार्य समेत शुरु भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker