मिस तनहुँ २०२१ को ताज सुमिनाले जितिन

भञ्ज्याङ न्यूज

सुमिना गुरुङले ‘मिस तनहुँ २०२१’ को ताज पहिरिन सफल भएकी छन् । शनिबार साँझ मनकामना चलचित्र हलमा सम्पन्न मिस तनहुँको पाँचौं संस्करण २०२१ मा ९ जना प्रतियोगीलाई पछि पार्दै व्यास नगरपालिका २ निवासी १६ बर्षीया सुमिनाले उपाधी चुमेकी हुन् ।

प्रतियोगितामा फस्ट रनरअप सन्धा धिताल भइन् भने सेकेन्ड रनरअपको उपाधी बिशाखा श्रेष्ठ र दर्शकको रोजाइमा रिया सन्त्राले उपाधी जितिन् ।

प्रतियोगिताको मुल्यांकनकर्तामा मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ, पर्यटन विज्ञ हरिसिं गुरुङ, मिस तनहुँ २०१५ सुजना श्रेष्ठ थिए ।

सुमिनाले नगदचेक पचास हजार सहित प्रमाण पत्र र ताज प्राप्त गरेकी छन् । प्रतियोगिताको फस्ट रनरअपले ३० हजार नगद चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो र सेकेण्ड रनरअपले २० हजार नगद चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो प्राप्त गरेका छन् ।

डाफे मल्टिमिडियाले आयोजना गरेको प्रतियोगिताको जेभियर इन्टरनेशनल कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको थियो । आयोजककी प्रमुख सन्जु घलेले कार्यक्रममा व्यास ५ स्थित वेदव्यास जेष्ठ नागरिक आश्रमलाई नगद पाँच हजार ५० रुपैया सहयोग प्रदान गरेकी थिईन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker