आदिकवि भानुभक्त क्याम्पसमामा गणित विषयको अभिमुखिकरण
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा ‘गणित शिक्षणका वर्तमान प्रवृत्ति’ विषयक अभिमुखिकरण कार्यक्रम गरिएको छ । क्याम्पसका गणित विषय अध्ययनरत विद्यार्थीहरुको साझा संस्था एविसि विज्ञान र्सकलले आइतबार उक्त कार्यक्रम गरेको हो।
सर्कलका अध्यक्ष वर्षी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा विषय विज्ञद्वय त्रिवि ताहाचल क्यामपसका उपप्राध्यापक डा. श्रीप्रसाद घिमिरे र क्याम्पसका शिक्षा शास्त्र विभागका प्रमुख सहायक प्राध्यापक गजेन्द्र पौडेलले गणित शिक्षणका वर्तमानको प्रवृत्ति तथा चुनौती र समाजले २१औं शताब्दिमा खोजी गरिरहेको असल शिक्षकका विषयमा विद्यार्थीहरुलाई अभिमुखिकरण गराएका थिए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष बुद्धिमान श्रेष्ठले क्याम्पसमा गणित विषयको गुणस्तरीय अध्ययन अध्यापनको लागि गणित शिक्षक तथा गणित विषयका विद्यार्थीहरुको लागि सुविधाजनक भौतिक तथा शैक्षिक व्यावस्था मिलाउन प्रतिवद्ध जनाएका थिए ।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले समाजका लागि गुणस्तरीय उच्च शैक्षिक जनशक्ति उत्पादनको सामाजिक उत्तरदायित्वबाट निर्देशित भएर सिमित श्रोत र साधन र न्यून विद्यार्थी संख्याको बावजुद पनि स्नातक तहमा गाणित विषय शिक्षणको व्यावस्थापनलाई प्रथामिकतामा राखेको बताए ।
उक्त अवसरमा हालै विद्यावारिधिको अध्ययन सम्पन गरेका घिमिरेलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रेष्ठ, क्याम्पस प्रमुख हड्खले, सहायक क्याम्पस प्रमुखद्वय डा. राम कुमार अधिकारी र सागर पौडेल लगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा सर्कलले २०८० सालको तिहारमा भैले खेली संकलन गरेको रकमबाट क्याम्पसमा गणित विषय लिएर अध्ययनरत कक्षा ११ का विद्यार्थी आशिक विकलाई ४ हजार ५ सय र स्नातक तह विएड प्रथम वर्षकी छात्रा मुना न्यौपानेलाई ६ हजार नगद छात्रवृत्ति प्रदान गरिएको सर्कलकी सचिव संगिता बरालीले जानकारी गराइन् ।










