दहीसँग खानुहुँदैन यी ५ खानेकुरा

एजेन्सी – दही खान नरुचाउने कमै हुन्छन् । दही खानु शरीरका लागि फाइदाजनक पनि हुन्छ । तर, जति दही खाँदा फाइदा हुन्छ उति नै बेफाइदा पनि हुन्छ । यदि दही गलत खाद्य पदार्थसँग खाँदा यसले शरीरलाई बेफाइदा पनि पुर्याउँछ ।

आयुर्वेदका अनुसार ५ खाद्यपदार्थसँग दहीको सेवन गर्नुहुँदैन ।

प्याज– दहीमा प्याज हालेर खानुहुँदैन । दहीले शरीरभित्र चिसो लाग्छ भने प्याजले शरीरमा गर्मी पैदा गर्छ । यी दुई मिसाएर खाँदा शरीरलाई नोक्सान पुर्याउँछ । यसले छालामा एलर्जी, र्याशेज जस्ता समस्या पैदा गराउँछ ।

माछा – दही र माछा एकसाथ खानुहुँदैन । दही र माछा दुवै प्रोटिनको स्रोत हो । यो दुवै मिसाएर खाँदा पेटमा समस्या हुनसक्छ । दही दूधबाट बन्छ भने माछा मामंशाहारी खाना हो । यसले पेटमा विभिन्न समस्या पैदा गर्छ ।

आँप– दहीमा आँप काटेर हालेर खाने गरिन्छ । तर, यो उति नै बेफाइदाजनक हुन्छ । यसले शरीरमा चिसो र गर्मी एकसाथ पैदा गराउँछ । जसले छालासँग जोडिएका समस्याहरु पैदा गराउँछ ।

मासको दाल– आयुर्वेदले दहीसँगसँगै दाल नखान सुझाएका छन् । दालसँग दही खाँदा पेटसँग जोडिएका समस्याहरु पैदा गराउँछ ।

दूध– दूध र दही एकसाथ खान हुँदैन । दूध र दही एकसाथ खाँदा एसीडिटीसँग र ग्यास जस्ता समस्या पैदा हुन्छ ।

तेलयुक्त पदार्थ – पराठासँग दही खाँदा बेफाइदा हुन्छ । तेलयुक्त खानेकुरा खाँदा शरीरमा निकै बेफाइदाजनक हुन्छ । आलस्य बनाउँछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker