राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पञ्चमुनिदेवलाई १० स्वर्ण जित्यो

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकामा आयोजित नगरपालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकोमा पञ्चमुनिदेव माध्यमिक विद्यालयले १० स्वर्ण जित्न सफल भएको छ ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १८ स्वर्ण, रजत र काँस्य पदको टुंगो लागेकोमा पञ्चमुनिदेवले उक्त स्वर्ण जित्न सफल भएको हो । दुलेगौंडाको पञ्चमुनिदेव माविले शनिबारसम्म १० स्वर्ण, ५ रजत र २ काँस्य जित्दै पदक तालिकाको शीर्ष स्थानमै रहेको छ ।
नेपाल पुलिस स्कुल बेलचौतारा दोस्रो स्थानमा उक्लिएको छ । पुलिसले हालसम्म ३ स्वर्ण, २ रजत र २ काँस्य हात पारेको छ। तालबेंसी मावि घारी भने तेस्रो स्थानमा झरेको हो । उसले ३ स्वर्ण, २ रजत र १ काँस्य जित्न सफल छ ।
यस्तै, खैरेनी माध्यमिक विद्यालयले खैरेनिटारले १ स्वर्ण, १ रजत र ३ काँस्य जित्दा गाउँफर्कोदय मावि गणपतिले १ स्वर्ण र १ रजत जित्न सफल भएको छ । अरनि मावि खैरेनीटारले ४ रजत र ४ काँस्य, जनप्रेमी मावि खैरेनीटारले र हंशबाहिनी मावि एक्लेखेतले समान १÷१ रजत र १÷१ काँस्य पदक हात पारेका छन् ।
लोटसबर्ड मावि ढोरफिर्दी, आधारभूत मावि साँखे, सहिदकृष्ण मावि कवासे र कुश्मावति मावि शेराले समान १÷१ काँस्य पदक हात पारेको छ । शुक्लागण्डीले ३० स्वर्ण, रजत र काँस्य पदकका लागि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गराएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker