दमौलीमा रास्वपाको जिल्लास्तरीय अन्तरक्रिया

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्य समिति तनहुँले आइतबार दमौलीमा जिल्ला स्तरीय अन्तरक्रिया गरेको छ । पार्टीका उपसभापति एवं तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेको उपस्थितामा उक्त कार्यक्रम गरिएको हो ।
पार्टीको स्थापना दिवसका अवसरमा आयोजित जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सांसद डा. वाग्लेले तनहुँमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएको बताएका छन् ।
रास्वपा तनहुँका संयोजक विश्व बास्तोलाको अध्यक्षता आयोजित कार्यक्रममा पार्टी अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा डा. वाग्ले सहित सांसदहरू शिशिर खनाल, गणेश पराजुली, पार्टीका नेताहरु पुकार वम, श्रीराम न्यौपाने लगायतका केन्द्रीय नेताहरूले पार्टीका गतिविधि, नीति तथा हालको अवस्था, विधान संशोधन लगायतका विषयमा छलफल गरिएको पार्टीका सहसंयोजक सुर्यमणि पौडेलले जानकारी दिए ।










