डा. त्रिशालाको ‘तिम्रो जस्तै……’ बोलको नयाँ गीत सार्वजनिक

भञ्ज्याङ न्यूज

डा. त्रिशाला गुरुङको ‘तिम्रो जस्तै….’ गीतको भिडियो गीत विहीबार काठमाडौंको राष्ट्रिय नाचघरमा सार्वजनिक गरिएको छ । माया पिरतिका गीत भन्दा फरक जीवजन्तुप्रति मानिसले गर्ने गरेका दुर्व्यवहार प्रति परिवर्तन र पुनःविचार गर्न प्रेरित गरिएको गीत रहेको छ ।

नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङ ‘बोधिसत्’ले लेखेको यो गीतमा डा. गुरुङको स्वर, बीबी अनुरागीको संगीत छ भने उपासना नेम्बाङ, स्वामी सुवासचन्द्र र बाल कलाकार प्रणा थापाले अभियनय गरेका छन् ।

संसारका प्राय सबै मानिस हिंसा चाहँदैनन् मन पराउँदैनन् । तर उनिहरू गल्ति कहाँ गर्छन् भने मानिसबाहेक अन्य समान बाँच्ने चाहना भएका प्राणीहरूमाथि हुने हिंसालाई हिंसा बुझदैनन्, शोषणलाई शोषण बुझदैनन् भन्ने भाव यो गीतले दिएको अध्यक्ष गुरुङले बताए ।

म्युजिक भिडियोको कथा बाल कृष्ण (क्राइसिस्ना)ले लेखेका हुन् । कथाअनुसार पहिले मासु पसल खोलेका उपासना र स्वामी सुवासचन्द्रले दया, माया र स्वतन्त्रताका भोका मान्छेमात्रै नभएर पशुपंक्षी पनि हुन् भन्ने गहिरो अनुभव गर्छन् र मासु पसल बन्द गरेर फलफूल पसल खोलेको गीतमा देखाइएको छ ।

निर्देशक तथा कोरियोग्राफर कविराज गहतराजले यसलाइ निर्देशन गरेकाछन् । म्युजिक भिडियोलाई ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker