सुन्तला नर्सरी र खेतीको अनुगमन

तनहुँको देवघाट गाउँपालिका–३ को सुन्तला नर्सरीको अवलोकन गर्दै कृषि ज्ञान केन्द्र तनहुँको प्राविधिक टोली । ज्ञान केन्द्रको प्राविधिक टोलीले देवघाटको वडा नं. ३ र २ को छिप्छिपे, नरममा रहेको सुन्तला नर्सरी र खेतीको खेतीको समस्या समाधान तथा प्राविधिक पृष्ठपोषणका लागि प्राविधिक कार्यदलले अनुगमन तथा सहजिकरण गरेका थिए ।

कृषि बिकास निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मीको नेतृत्वमा देवघाटको छिप्छिपे र नरममा गाउँमा संचालन भएको समस्या समाधान तथा प्राविधिक पृष्ठपोषणका लागि प्राविधिक कार्यदलले अनुगमन गरेको थियो ।

कृषकले देवघाट–२ को नरममा करिब ७५ हेक्टर जग्गामा १५ हजार सुन्तलाका विरुवा लगाईएको र सुन्तला खेती गाउँको बसाई सराई रोक्ने एक माध्यम र आयआर्जनको प्रमुख श्रोत बनेको छ । अनुगमनको क्रममा सुन्तलामा कालो ध्वाँसे ढुसी, झ्याउ र पात खन्ने किराको केही समस्या देखिएका कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker