शुक्लागण्डकीमा बंगुरलाई अफ्रिकन स्वाइन फिभर देखियो

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फिभर रोग देखिएको छ । शुक्लागण्डकी–७ का किसानले पालेको एउटा बंगुरको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टी भएको हो ।
राष्ट्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला पोखराको प्रयोगशालामा ¥यापिड परीक्षण गर्दा संक्रमण पुष्टी भएको शुक्लागण्डकी नगरपालिकाको पशु शाखाका पशु प्राविधिक सविन पौडेलले बताए। बंगुरमा लक्षण देखिएपछि किसानले सूचना गरेका थिए ।
अफ्रिकन स्वाइन फिभर नेपालमा पहिलो पटक २०७९ जेठ २ मा पुष्टि भएको थियो र पछि देशका २८ जिल्लामा फैलियो ।
अफ्रिन स्वाइन फिभरको संक्रमण हुँदा उच्च ज्वरो आउने, कान, पुच्छर तथा पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो दाग देखिने, खाना नखाने, श्वास फेर्न गाह्रो हुने, बान्ता गर्ने, छट्पटाउने जस्ता लक्षण देखिने गरेका छन् । तर अहिलेसम्म यो रोगको भरपर्दो खोप विकास भएको छैन ।
विश्व पशु स्वास्थ्य संगठनले यो रोग नियन्त्रण गर्न संक्रमित क्षेत्रबाट ओसारपसार नियन्त्रण सहित जैविक सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker