भानु जयन्तीमा विद्यार्थीहरु बीच कविता वाचन प्रतियोगिता

भञ्ज्याङ न्यूज

२०९औं भानु जयन्तीका अवसरमा कविता वाचन प्रतियोगिता गरिएको छ । व्यास-२ अमरापुरी स्थित व्यास दिव्य ज्योति बोर्डिङ स्कूलले विद्यार्थीहरु बीच कविता वाचन प्रतियोगिता गरेको हो ।

विद्यालयले कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरु बीच तीन तहमा कविता वर्गिकरण गरी नेपाली र अंग्रेजी माध्यममा कविता वाचन प्रतियोगिता गराएको थियो ।

नेपाली तर्फकक्षा ५, ६ र ८ तहका विद्यार्थीहरु बीच गरिएको प्रतियोगितामा आँचल रसाइली प्रथम, आसिया खातून द्धितीय र अविनाश कुँवर तृतीय भएका छन् ।

कक्षा ८, ९ र १० तहका विद्यार्थीहरु बीच गरिएको प्रतियोगितामा बविन आचार्य प्रथम, कपिल रानाभाट द्धितीय र कविता आले तृतीय हुन सफल भएका छन् ।

यस्तै, अंग्रेजी माध्यममा गरिएको कविता प्रतियोगितामा नीलिमा ओझा प्रथम, अर्पण रिपाल द्धितीय, रोशन श्रेष्ठ र लक्ष्मी श्रेष्ठले सानत्वना स्थान प्राप्त गरेका छन् ।

शिक्षक गोविन्द श्रेष्ठको अध्यक्षतामा आयोजित कविता वाचन प्रतियोगिताका प्रथम, द्धितीय, तृतीय र सानत्वना स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई पुरस्कृत गर्दै शिक्षकहरु पुष्पराज खतिवडा, नविना सुनार, पुष्पराज ओझा, अमर थापा, केवल ओझा लगायतले भानुभक्त आचार्यले नेपाली साहित्य र भाषामा पुर्‍याएको योग्दानको चर्चा गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker