तनहुँको म्याग्देमा उद्यमशीलता र रोजगारी प्रवर्द्धनका लागि उद्यमी छनोट

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले २० जना उद्यमी छनोट गरेको छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र दायित्व संस्थाको सहकार्यमा गाउँपालिकाले चालु आर्थिक वर्षको वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रमका लागि २० जना उद्यमी छनोट गरेको हो ।
वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ अनुसार यही वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले ४० जना उद्यमी छनोट गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
लघु तथा साना उद्यमीहरूको स्तरोन्नति गरी रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालन गर्न लागिएको यस कार्यक्रमका लागि १३९ जनाको निवेदन परेकामा ४० उद्यमी छनोट गरिएको थियो । छनोट भएका उद्यमीमध्ये मूल्याङ्कन समितिबाट २० उद्यमी, व्यवसायी तथा कृषकहरू छनोट गरिएको अधिकारीले जानकारी दिए ।
उद्योग तथा पर्यटन मन्त्रालयको रु ४० लाख, गाउँपालिकाको रु २० लाख र दायित्व संस्थाको रु १५ लाख लागतका कार्यक्रम सुरु गरिएको छ। कार्यक्रम अन्तर्गत पालिकाभित्रका उद्यमीहरूको खोजी तथा पहिचान गरेर सशक्तीकरणसँगै व्यावसायिकीकरण र बजारीकरणमा प्रोत्साहन गरिने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम सञ्चालन तथा उद्यमीलाई सहजीकरण गर्नका लागि दायित्व संस्थाका एक जना उद्यम अधिकृतले गाउँपालिकामा बसेर सेवा प्रदान गर्नेछन् । यो कार्यक्रम अन्तर्गत, कृषि, पशुपालन, व्यापार, घरेलु उद्योगलगायतको प्रवर्द्धन तथा विकासको क्षेत्रमा काम गरिने दायित्व संस्थाले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker