नेपाल महिला संघको ७८औं स्थापना दिवस

चिनु पोखरेल

नेपाल महिला संघको स्थापना २००४ सालमा भएको थियो ।किन नेपाल महिला संघको स्थापना भयो ? के का लागि स्थापना गरियो ? र कसले स्थापना गर्यो भन्ने बिषयमा छोटकरीमा वर्णन गर्न गइरहेको छु ।

नेपाल महिला संघको स्थापना गर्ने समयमा देशमा धेरै बाधाहरु थिए । १०४ बर्ष पूरा निरंकुश शासन चलिरहेको अबस्था थियो ।कसैले पनि राणाको बिरुद्धमा कुरो उठायो वा बिरोध गर्यो भने पनि तत्कालिन राणा सरकार ले हतकडी लगाएर जेल लिएर गैहाल्थियो।त्यस्तो अबस्थामा पनि स्वर्गीय मंगला देवी सिंहले देशमा महिलाहरुको अधिकार कसरी लोने ? पुरुषहरुलाइ त त्यति बेला धेरै कठिन थियो बोल्न भनेपछि झनै महिलालाइ त कति कति कठिन थियो ।जति कठिन भए पनि देशका महिलाहरुको हक हितको बारेमा यति बेला संघर्ष गर्नै पर्छ भनेर आफना केही हितैषी साथिहरुलाइ लिएर कसैले नदेख्ने अलि जङल पनि भएको र हल्लखल्ला पनि नहुने एकान्त स्थलको छनौट गरि एउटा बनभोज कार्यक्रमको आयोजना गर्ने योजना गर्नु भयो ।

उक्त योजनाको उद्देश्य चाहि राणाहरुको स्वेच्छाचारी आचरणको अन्त्य गर्नु र महिला हक अधिकारको प्रत्याभूती गराइ महिलाहरुले भोट हाल्ने अधिकार प्राप्त गर्नु थियो । कसरी प्राप्त हुन्छ यी कुराहरु ? पुरुषहरुले महिलाका कुरा पनि नसुन्ने उता राणा शासनको बिगबिगी । यस्तो अबस्थामा पनि मंगला देविले आफैले आफ्ना साथीहरुला भेला गराउने माध्यम त्यति बेलाको एकान्त कुना कसैले पनि हल्लाखल्ला नहुने स्थान म्हेपी मन्दिर परिसरमा वनभोज कार्यक्रमको आयोजना गर्नु भएको थियो । उक्त आयोजनामा सहभागी हुनुहुने साथीहरुलाइ भेलाको उद्देश्यको बारेमा स्पष्ट पार्नु भयो । त्यस पछि साथीहरुले अब हामीहरु हजुरलाइ साथ दिनेछौं महिला हकहित र निरंकुश शाशनको विरुद्धमा एकै ठाउमा उभिने छौ भन्ने प्रतिबद्धता भए पछि मंगला देबि सिंह,हिरादेबी श्रेष्ठ, पुर्ण देबि खड्गी, सहनसिला श्रेष्ठ, मैयाँ प्रधान, सरस्वती श्रेष्ठ, ज्वालादेबी बज्राचार्य, चम्पा देबि बज्राचार्य, विन्दुवासिनी शर्मा, लक्ष्मी देबि तुलाधर, लक्ष्मी नानितुलाधर, सावित्री श्रेष्ठ र चन्द्र श्रेष्ठ लागाएतका साथीहरुलाइ नेपाल महिला संघको साधारण सदस्यता बितरण गरिएको थियो ।

यसरी साधारण सदस्यता लिइसकेका महिला दिदी बहिनीहरुलाइ काठमाडौको भेडासिंह स्थित चिनियाँ लाल श्रेष्ठको घरमा भेला भए ।भेला हुनेहरुमा मंगला देबि सिंह, स्नेहतला, मिठ्ठुदेबी, प्रेमलता कंसाकार, श्रीमाया, नानू प्रधान, प्रतिमा कर्माचार्य, हरिदेबी श्रेष्ठ, सरोजनी मानन्धर, नानिमाया श्रेष्ठ, सुवर्ण्माया जोशी, कृष्ण कुमारी मानन्धर, मिठाई महर्जन, गुलबदन ताम्राकार, भानुदेबि, हिरादेबी तुलधर, नारायणीदेबि सिंह, तारा मानन्धर, केशरी देबि मानन्धर लागाएतका साथीहरु भेला भएका थिए। उक्त भेलाले मंगला देबि सिहको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिती गठन गरेको थियो । त्यो दिन २००४ साल साउन २४ गतेका दिन थियो ।

यसै दिनमा मंगला देबि सिंहको अध्यक्षतामा स्नेहलता कंसाकारलाइ सचिव र श्रीमायालाइ कोषाध्यक्ष बनाएको थियो भने सदस्यहरुमा रेबन्तकुमारी आचर्य, हिरादेबी तुलाधर, सीता शर्मा, गुलबदन ताम्राकार, प्रतिभाकर्माचार्य, चम्पा बज्राचार्य, तिर्थ देबि श्रेष्ठ, मोति श्रेष्ठ गरि ११ जना को तदर्थ समिति गठन भएको थियो ।

२००४ सालमा स्थापना भए पश्चात् राणाहरुको क्रुर दमनको बिरुद्ध आन्दोलन गर्न निकै कठिन परिस्थिति थियो । परिस्थिति जस्तो सुकै भए पनि प्रजातन्त्रा ल्याउनको लागि प्रजातन्त्राबादिहरु एकै ठाउँमा उभिनको लागि गठन गरिएको संघको अफिस राख्ने कुरोमा गोप्य स्थानको छनौट गरि नर्समा कार्यरत सावित्री श्रेष्ठलाई समेत वरिपरि महिलाहरु आवतजावत गर्दा कसैले सोधेमा उहाहरु उपचार गर्नको लागि आउनु भएको हो भनेर भन्नको लागि राखिएको थियो ।

यसरी एउटा अति जटिल परिस्थितिमा नेपाल महिला संघको स्थापना भएको थियो । स्थापना पछि महिला मुक्ति र न्यायको लागि नेपाल महिला संघ निरन्तर लागिरह्यो । समय बित्दै जादा महिलाका अधिकारहरु क्रमिक रुपमा प्राप्त गर्नको लागि मंगला देबि सिंहलाई आफनै घरमा पनि लडाइ नै गर्नु पर्यो । लौहपुरुष सर्वमान्य नेता गणेशमान सिंहकै श्रीमती भएको कारणले पनि आन्दोलन गर्न अलि सहज अबस्था थियो ।सामान्य मान्छेले सुरुवात गर्नको लागि धेरै जटिल कुरा थियो ।

त्यतिबेला महिला संघ किन खोल्न पर्यो भन्ने जवाफमा सिंह भन्नुहुन्छ यो जवाफ म संग छ उहाँ भन्नुहुन्छ: “महिलाहरुलाइ नेतृत्वमा ल्याउनको लागि शिक्षित गराइ चेतनाको बिकास गरि समाज परिबर्तन गराउन पर्ने छ । यसरी महिला संघको स्थापना गर्नु भयो । त्यपछि २०४६ सालको जनाअन्दोलन बाट प्रजातान्त्रको स्थापना भयो । २०४७ साल जेठ महिनामा पुनर्गठन भयो । पुनर्गठित समितिमा अध्यक्ष मंगला देबि सिंह, महासचिव सुप्रभा घिमिरेसचिए शिलुप्यारी कर्माचार्य कोषाध्यक्ष कृष्ण अमात्य सदस्यहरु गंगा राना, अन्जु बस्नेत, मोहनी प्रधान,चिनिहिरक रंजित, सावित्री मल्ल, ज्वोती प्याकुरेल, जीवनबादे श्रेष्ठ ,हनि श्रेष्ठ, सीता दाहाल, भारती सिलवाल, डा.कृतांजली, रिता सिंह बैध, प्रदिप्ता उपध्याय, शारदा बैध र निरा श्रेष्ठ थिए ।

त्यसै गरि संस्थापक अध्यक्ष मंगला देबि सिंहको निधन पश्चात् २०५३ भाद्र १५ गते पुनर्गठन भयो ।उक्त समितिमा अध्यक्ष कान्तिका सिंहको अध्यक्षतामा ३२ जना सदस्य सहने गरि समिति गठन गरियो ।

त्यसपछी नेपाल महिला संघको प्रथम महाअधिबेशन बिराटनगरमा २०५८ साल असोज( १७-१९ ) बाट उमा रेग्मीको अध्यक्षतामा २७ सदस्य रहेने गरि निर्बाचित भएका थिए । भने दोश्रो महाधिवेशन २०६४ साल बैशाख( २७-२९) मा अम्बिका बस्नेतको अध्यक्षतामा ३५ जनाको कार्यसमिति निर्बाचित थिए ।

त्यस्तै गरि २०६८ साल माध २१ गते डा.डिला संग्रौला पन्तको अध्यक्षतामा ४५ सदस्यता रहने गरि नेपाल महिला संघको पुनर्गठन गरियो ।त्यसपछि तेश्रो अधिबेशन २०७३ साल भाद्र (२२-३१)मा उमा रेग्मीको अध्यक्षतामा ५७ सदस्यको निर्बाचन गरिएको थियो ।

(लेखक पोखरेल महिला संघको मुख्य सचिव हुन् ।)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker