दामौली बजारमा बजार सर्वेक्षण

तनहुँको सदरमुकाम दमौली बजारमा स्थानीय कृषि उत्पादनको बजार अवस्था, उपभोक्ताको माग तथा बिक्रीका सम्भावना बुझ्न बजार सर्वेक्षण गरिदै । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) नेपालअन्तर्गतको गण्डकी साना सिँचाइ आयोजना र व्यास नगरपालिकाको सहकार्यमा दमौली बजारमा पुगेर कृषि उपजको बजार अवस्थाबारे जानकारी लिएको थियो । सर्वेक्षणका क्रममा किसानले बजारमा उपलब्ध कृषि उपज, उपभोक्ताको माग, बिक्रीको अवस्था तथा स्थानीय उत्पादनले बजार पाउन सक्ने सम्भावनाबारे जानकारी संकलन गरिएको छ । सर्वेक्षणका क्रममा किसानले आफूले उत्पादन गर्ने वस्तुको बजार कहाँ छ, कस्तो उत्पादनको माग बढी छ र उत्पादनलाई बजारसम्म कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा समेत जानकारी लिएका छन् । तस्विर : भञ्ज्याङ










