व्यास नगरपालिकामा गर्भवतीका लागि पोषण कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ : जिल्लाको व्यास नगरपालिकाद्वारा सञ्चालित ‘महिलासँग उपप्रमुख’ अन्तर्गत गर्भवती महिला पोषण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बालबालिकालाई कुपोषणमुक्त र स्वस्थ बनाउने, नवजात शिशु र आमा दुवैको मृत्युदर घटाउने, स्वास्थ्य स्याहार र सुरक्षा उपलब्ध गराउने उद्देश्यले सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
नगरपालिकाले चालु आर्थिक वर्षमा २४३ जना गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरेको छ । उक्त कार्यक्रमअन्तर्गत जनही रु पाँच हजारका दरले रु १२ लाख २५ हजार रकम वितरण गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्य रहेको छ ।”
स्वस्थ बच्चा जन्मन आमा निरोगी आवश्यक हुने गर्भवती चरणदेखि महिला कमजोर हुनेहुँदा पोषिलो खानाको आवश्यकतापर्ने भएकाले पोषणका लागि रकम प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आर्थिक विपन्नता भएको स्वास्थ्य जोखिम नहोस् भनेर कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत गैरेले भन्नुभयो, “पोषण सहयोग कार्यक्रमले मातृ मृत्युदरमा न्यूनीकरण आएकाले कार्यक्रम प्रभावकारी बन्दै गएको छ, यसलाई निरन्तरता दिनेछौँ ।”
नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिनामा) गर्भजाँच गरेको गर्भवतीलाई आठ महिनापछि रु पाँच हजार प्रदान गर्ने व्यवस्था गरिएको महिला, बालिका तथा समाजकल्याण शाखाकी अधिकृत राधा आचार्यले बताउनुभयो । व्यास नगरपालिकामा स्थायी बसोबास गर्ने महिलाले मात्रै यस्तो सुविधा प्राप्त गर्नसक्ने प्रावधान रहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार हालसम्म ५६ जनालाई अपाङ्गता र १२४ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । चालु आवमा १७ वटा संस्था दर्ता गरिनुका साथै २३ वटाको नवीकरण गरिएको महिला, बालिका तथा समाजकल्याण शाखाले जनाएको छ । अपाङ्गता भएका १९० जना ‘ग’ वर्गलाई रु चार हजारका दरले रु सात लाख ६० हजार प्रोत्साहन रकम वितरण गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker