तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन

तनहुँको आँवुखैरेनी गाउँपालिका–५ स्थित रसायली गाउँमा निर्माण गरिएको तनहुँ जलविद्युत आयोजनाअन्तर्गतको प्रसारण लाइन । आयोजनाको दमौली भरतपुर २२० केभी प्रसारण लाइनको टावर निर्माण र मार्गधिकारमा चितवन र तनहुँ जिल्लामा पर्ने वन क्षेत्रको जग्गा र त्यहाँ रहेका बोटबिरुवा हटाउन वन तथा भूसंरक्षण विभागसँग सम्झौता भएसंगै अहिले प्रसारण लाइनको काम तीब्र पारिएको छ । यस प्याकेजको निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड भारतले दमौली भरतपुर २२० केभी ३३ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७८ वटा टावरहरूको जग हाल्ने र ६९ वटा टावर जडान कार्य सम्पन्न गरिसकेको छ । यस प्याकेजको समग्र प्रगति ७६ प्रतिशत रहेको आयोजनाले जनाएको छ । तस्विर : भञ्ज्याङ










