भानुमा शिक्षकहरु बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता

भानु : तनहुँको भानु नगरपालिकामा शिक्षकहरु बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । भानु नगरपालिकाको १०औं स्थापना दिवसका अवसर भानु नगरस्तरीय खेलकुद विकास समतिले अन्तर विद्यालय नगरस्तरीय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको हो ।
भानु नगरस्तरीय खेलकुद विकास समितिका अध्यक्ष तुलकुमार गुरुङको अध्यक्षता आयोजित प्रतियोगिताको नगर प्रमुख आनन्दराज त्रिपाठीले मंगलबार भलिबल खेलमा सर्भिस गरेर शुभारम्भ गरेका थिए ।
प्रतियोगितामा रेफ्रीको भूमिकामा नेपाली सेना रुरु भैरब दल गण हात्तीचौर ब्यारेकका जवान द्वय लोकेन्द्र घर्ती मगर (सुर्खेत) र विष्णु थापा मगर (स्याङ्जा) रहेको भानुका नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए ।
प्रतियोगिताको पहिलो दिन मंगलबार १० वटा खेल सम्पन्न भएका छन् । १४ वटा टिमको सहभागिता रहेको प्रतियोगिता नकआउट सिस्टमबाट खेलाइएको र पहिलो चरणबाट ७ वटा टिम छनौट भएका शिक्षा अधिकारी पौडेलले बताए ।
प्रतियोगिताको पहिलो चरणमा श्री सरस्वती मन्दिर मावि भानु १२ घलेछाप, श्री विद्यानिकुञ्ज मावि भानु १२ वयापानी, श्री मनोहर मावि भानु ८ महन्तेहटिया, कर्मदा मावि भानु ९ पुर्कोट वाइसजङघार, प्रभात मावि भानु ६ सिमपानी, अरनिको मावि भानु १३ मिर्लुङ ठूलोढुङ्गा, श्री होमराज लोहनी शारदा शिक्षा सदन मावि भानु २ नारेश्वरटार रहेका छन् ।
दोस्रो चरण (क्वाटरफाइनल) का खेलबाट श्री कर्मदा मावि भानु ९ पुर्कोट वाइसजङघार, श्री अरनिको मावि भानु १३ मिर्लुङ ठूलोढुङ्गा, श्री मनोहर मावि भानु ८ महन्तेहटिया, श्री सरस्वती मन्दिर मावि भानु १२ (वाइमा परेको) छनोट भएका छन् ।
सेमिफाइनल पहिलो खेलमा श्री अरनिको मावि भानु १३र श्री सरस्वती मन्दिर मावि भानु १२, दोश्रो खेल श्री कर्मदा मावि भानु ९ र श्री मनोहर मावि भानु ८ बीच हुने भएको छ । यो खेलका विजेता टीमहरू बीच फाइनल खेल हुनेछ । दुबै खेलका उपविजेता टिमहरू बीच पुनः तेस्रो स्थानका लागि प्रतिस्पर्धा गराइने छ । विजेताले तेस्रो स्थान प्राप्त गर्नेछ भने उपविजेताले सान्त्वना स्थान प्राप्त गर्नेछ ।
प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार र रु ५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेता विद्यालयले पनि प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेटाडीले नगद रु २ हजार सहित मेडल प्राप्त गर्नेछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker