ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा

तनहुँको बन्दीपुर गाउँपालिका–६ स्थित धरमपानी स्वास्थ्य चौकीले सेवा क्षेत्रका ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा र नसर्ने रोगको स्कृनिङ गर्दै स्वास्थ्यकर्मी । यस कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था परीक्षण तथा नसर्ने रोगसम्बन्धी स्वास्थ्य जाँच, परामर्श र आवश्यक स्वास्थ्य सेवाका बारेमा जानकारी प्रदान गर्ने गरिएको छ । स्वास्थ्य चौकीको पहुँचमा आउन कठिन हुने ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तस्विर : भञ्ज्याङ










