जाडोमा किन पिउनुपर्छ पर्याप्त पानी ?

चिसो सुरु हुनासाथै हाम्रो खानपानको मात्रा बढ्छ तर, पानी पिउने मात्रा भने घट्दै जान्छ । हाम्रो शरीरको बनावटमा ५५ देखि ७५ प्रतिशत जल हुन्छ । शरीरले आफ्नो गतिविधि सञ्चालनमा धेरै पानी खर्च गर्छ ।

जस्तो कि, दिनरात सासफेर्दा करिव सवा गिलास पानी खर्च हुन्छ । पसिना र मुत्रको रुपमा शरीरको विषाक्त पदार्थलाई बाहिर निकाल्नमा पनि पानीको महत्वपूर्ण मात्रा खर्च हुन्छ । त्यसैले बारम्बार पानी पियरमात्रै हामी उपयोगमा आइसकेको जलको क्षतिपूर्ती गर्न सक्छौं ।

शरीरमा पानीको मात्रा भएर जाडोमा मानिसहरुलाई कब्जियतको समस्या, ग्याँस वा अन्य समस्याहरुले सताउन पनि सक्छ । त्यसैले यस्ता समस्याबाट बच्न खानपानमा ध्यान दिनुपर्छ।

मानव शरीर जति कम बोसोयुक्त हुन्छ मांसपेसीमा जलधारण गर्ने क्षमता त्यति नै धेरै हुन्छ । यसैले मोटा मानिसहरुको तुलनामा पातला मानिसहरुको शरीरमा धेरै जल पाइन्छ ।

शरीरमा १० प्रतिशत तरल पदार्थ कम भएमा कुनै पनि मौसममा डिहाइड्रेसनको खतरा बढ्छ । त्यसैले शरीरलाई स्वस्थ, उर्जामय राख्न तथा किड्नी जस्ता अंगको कार्यसम्पादन ठिक गर्नको बारम्बार पानी पिउन जरुरी छ ।

शुद्ध खानेपानीको कमीको कारण हामीलाई विभिन्न रोग लाग्न सक्छ । जाडोयाममा प्यास कम लाग्ने कारण हामी कम पानी पिउँछौं । शरीरमा पानीको कमी स्वास्थ्यको लागि खतरनाक हुन्छ।

त्यसैले हामीले जाडो याममा पनि कम्तीमा २–३ लिटर पानी वा तरल पदार्थ जस्तै कागती पानी, नरिवल पानी, ग्रिन टी लस्सी आदि पिउनुपर्छ ।

हाम्रो शरीरको प्रणाली यति सजिलो छ कि जब शरीरलाई पानीको आवश्यकता हुन्छ उसले प्यास लागेको जानकारी दिन्छ । फेरि पनि कोही मानिसहरु कामको व्यस्ततामा पानी पिउन भुल्छन् ।

केहीलाई पानी पिउन मन लाग्दैन । दिनभरमा कति पानी भन्ने कुरा हाम्रो शारीरिक संरचना, काम गर्ने तौर तरिका तथा वातावरणमा निर्भर रहन्छ ।

अमेरिकन इन्स्टिच्युट अफ मेडिसिनले शरीरको लागि पानीको पर्याप्त ग्राह्यतामाथि एक अध्ययन गरेको छ । पुरुषले एक दिनमा ३ लिटर र महिलाहरुले दिनमा २.२ लिटर पानी पिउनुपर्ने अध्ययनले सुझाएको छ ।

जाडोमा हामीलाई पानी पिउन मन लाग्दैन । हुन त जाडोमा चिया, कफी वा अन्य झोल तरल पदार्थबाट शरीरलाई केही पानी त मिल्छ तर त्यसले पानीको क्षतिपूर्ती गर्न सक्दैनन् ।

कम क्यालोरी भएका तरल पदार्थले मात्रै शरीरलाई धेरै राम्रोसँग चुस्तदुरुस्त राख्छ । जाडोमा चिसो पानी पिउनको सट्टा चिया कफी वा सुपको सेवनले पानीको क्षतिपूर्ती हुन्छ भन्ने सोच्छौं तर, त्यसले मात्रै पुग्दैन । हामीले पर्याप्त पानी पिउनै पर्ने हुन्छ ।

पानी कहिले पिउने कहिले नपिउने भन्ने विषयलाई लिएर मानिसहरुमा विभिन्न किसिमका भ्रम व्यप्त छन् ।

कसैले भोजनभन्दा आधा घन्टा पहिले वा आधा घन्टा पछि सम्म पानी नपिउनु पाचनप्रणालीको लागि श्रेष्ठ बताउँछन् भने केही मानिसहरु भोजन गर्दैगर्दा बीचबीचमा पानी पिउनु राम्रो हुने बताउँछन् ।

अमेरिकन केमिकल सोसाइटीले यस सम्बन्धमा एक अध्ययन गरेको थियो । अध्ययन अनुसार खाना खानुभन्दा पहिले पानी पिउनाले ३ महिनामा करिब सवा २ किलो तौल कम हुने परिणाम देखियो ।

भोजनभन्दा पहिले ग्रहण गरिएको पानी भोजनमा ७५ देखि ९० प्रतिशत क्यालोरी कम ग्रहण गर्नमा मद्धतकारी साबित अध्ययनबाट देखियो । खाना खाएपछि सानो आन्द्रामा भोजन पुग्छ ।

त्यहाँ भोजनमा रहेको भिटामिन मिनरल, कार्बोहाइड्रेट प्रोटी आदि अलग अलग गर्ने प्रक्रिया आरम्भ हुन्छ । यो प्रक्रियामा पानीले प्रोपर लुब्रिकेन्टको काम गर्छ ।

अध्ययनअनुसार भोजनको बीचमा पिइएको पानी भोजन पाचनमा धेरै लाभदायी हुन्छ । त्यस्तै फलफूलको सेवन गर्दा पानी पिउनु राम्रो होइन किनभने पेटमा रहेका एसिड फलको ब्याक्टेरियासँग लड्छ यस्तोमा पानीले एसिडको उर्जा र तागत घटाइदिन्छ ।

पर्याप्त पानीको सेवनले शरीर थकान र तनावरहित हुन्छ । मानिसलाई तरोताजा राख्नुको साथसाथै यसले छालाको चमकमा पनि ठूलो भूमिका निभाउँछ ।

पानी प्राकृतिक पोषक र क्लिन्जर हो । यसले रुखो र डन्डीफोरयुक्त अनुहारलाई चम्किलो र बेदाग बनाउँछ । एजेन्सी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker