ज्यान मुद्दाका फरार प्रतिवादी सहित १३ जना पक्राउ

भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्ला प्रहरी कार्यालयले ज्यान मुद्दाका फरार प्रतिवादीलाई १५ वर्षपछि पक्राउ गरेको छ । यी सहित प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने अभियान अन्तरगत उनिहरुलाई पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।

तनहुँ प्रहरीले कर्तव्य ज्यान मुद्दामा बिगत १५ बर्षदेखि फरार रहेकी तनहुँको साबिक ढोरफिर्दी गाविस-६ स्थायी घर भई हाल रुपन्देहीको देवदह नगरपालिका-२ ढेकार बस्ने बर्ष ६० की ज्ञानुमाया नेपालीलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराएका छन् । पक्राउ परेकी नेपाली उपर सर्वोच्च अदालतको वि.सं. २०६२ साउन ११ गतेको फैसलाले १० बर्ष कैद सजाय सुनाएकोमा तोकिएको कैद सजाय भुक्तान नगरी हालसम्म फरार रहेकी थिइन ।

यस्तै, कर्तव्य ज्यान मुद्दामा बिगत २७ बर्षे देखी फरार रहेका तनहुँ भानु-१० बस्ने बर्ष ५२ को कुमार पन्थ भन्ने कुमार देव पन्त उपर तनहुँ जिल्ला अदालतको वि.सं. २०५५ असार ३ गतेको फैसलाले १५ महिना कैद सजाय तोकिएकोमा उक्त कैद भुक्तान नगरी हालसम्म फरार रहेकाले पक्राउ गरिएको छ । प्रहरीले नाता कायम मुद्दामा फरार रहेका २ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार रहेका ४ जना, लेनदेन मुद्दामा फरार रहेका २ जना, हातहतियार मुद्दामा फरार रहेका १ जना, कर्तव्य ज्यान मुद्दामा फरार रहेका १ जना र सवारी ज्यान मुद्दामा फरार रहेका १ जना गरी जम्मा १३ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाई कार्यालयहरुबाट पक्राउ गरिएको प्रवक्ता तिमिल्सिनाले बताए ।

पक्राउ परेकाहरुबाट तोकिएको २१ बर्ष ५ महिना कैद र २ हजार १८० रुपैयाँ जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker