फाेटाे फिचर
-
५ चैत्र २०८०, सोमबार ११:५४मर्स्याङ्दीमा र्याफ्टिङ
तनहुँको आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि वडा नं. ४ स्थित मर्स्याङ्दी नदीमा र्याफ्टिङको सम्भाव्यता अध्यन गरेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमान सहितको टोलीले आइतबार मर्स्याङ्दी नदीमा र्याफ्टिङ गरी व्यवसाय सञ्चालनका लागि स्थलगत निरीक्षण गरेको छ । तस्विर: भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ चैत्र २०८०, आईतवार १२:४८प्रदुषण र अतिक्रमणको चपेटामा चुँदीखोला
तनहुँको बन्दीपुर गाउँपालिका-१ र भानु नगरपालिका-१ को सिमाना भएर बग्ने डुम्रेबजारस्थित चुँदीखोला पुल मुनि अव्यवस्थित रुपमा फालिएको फोहर । डुम्रे बजारको नदी किनारका बासिन्दाले चुँदीखोलामा अव्यवस्थित रुपमा फाल्ने गरेको फोहर मैलाले प्रदुषण बढ्नुका साथै अतिक्रमणको चपेटामा पर्दा खोलाको सीमाना समेत साँघुरिदै गएको छ । …
पुरा पढ्नुहोस -
४ चैत्र २०८०, आईतवार ११:५८घरबासमा पाहुनाको स्वागत
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङस्थित टुटेपानी सामुदायिक घरबास पुगेका आन्तरिक पाहुनालाई स्वागत गर्दै घरबास सञ्चालक । गण्डकी प्रदेशकै नमुना रहेको यस घरबासमा गुरुङ समुदायका संस्कार, संस्कृतिका साथै स्थानीय स्तरमै उत्पादित खानाका परिकारको उपभोगका साथै प्राकृतिक मनोरम दृष्य अवलोकन गर्न पाइने हुँदा आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको…
पुरा पढ्नुहोस -
२ चैत्र २०८०, शुक्रबार १२:१०बन्दीपुरको डुम्रे बजार
पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक खण्ड विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारमा सडक सिमा भित्र रहेका घर भत्काएपछि देखिएको दृष्य । सडक सिमा २५/२५ मिटर भएपनि सडक विस्तार आयोजनाले २३/२३ मिटर भित्रका भौतिक पूर्वाधार भत्काउनका लागि मुआब्ज दिएर सडक विस्तार कार्य अगाडि बढाएको छ । तस्विर…
पुरा पढ्नुहोस -
२ चैत्र २०८०, शुक्रबार ११:४१शिवको मूर्तिसहितको पार्क
तनहुँको शुक्लागण्डकी नगरपालिका-५, बेलचौतरास्थित सेती नदी किनारमा शुक्ला नागढुङ्गा शवदाह परिसरमा शिवको मुर्ति, शंखासहितको पार्क । तस्विर : राजकुमार आले/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ चैत्र २०८०, बिहीबार १२:१९चुनपहरा क्षेत्रमा राजमार्ग बिस्तार अन्यौल
तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरस्थित चुनपहरा । पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार योजना अन्तर्गत चुनपहरा खण्डमा पहरो कटान गर्ने कि मर्स्याङ्दी नदीबाट टेवापर्खाल निर्माण गरी सडक विस्तार गर्ने भन्ने विषय अझै टुङ्गो लागेको छैन । चुनपहरा सहासीक खेल -चट्टान आरोहण)का लागि हबको रुपमा परिचित बनेको हुँदा स्थानीयले…
पुरा पढ्नुहोस -
१ चैत्र २०८०, बिहीबार १२:१५कृषकलाई आलु थन्काउने चटारो
तनहुँको म्याग्दे गाउँपालिका-४ छिम्लीश्वाराका कृषक आलु खेती थन्काउने तयारी गर्दै । अनुसन्धनात्मक नतिजा प्रदर्शन कार्यक्रम अर्न्तर्गत आलुको जातीय परीक्षणका लागि छ ठाउँमा आलु खेती गरिएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
३० फाल्गुन २०८०, बुधबार ११:२०थानीमाईलाई फूलको डोली
तनहुँको भानु नगरपालिका-७ वसन्तपुरस्थित प्रसिद्ध धार्मिक स्थल थानीमाई मन्दिरमा मंगलबार पञ्चेबाजासहित फूलको डोली लिएर पुगेका भक्तजनहरु । फागुनको अन्तिम मंगलबार १५ डोली फूल भित्रिएको छ भने एक हजार भन्दा बढी भक्तजनहरुले पूजाअर्चना गरेका छन् । तस्विर : डिपि अधिकारी/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ फाल्गुन २०८०, मंगलवार ११:२७चैते धान प्रवर्द्धन कार्यक्रम
तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित हरियाली कृषक समूहलाई चैते धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदानमा कृषि सामाग्रि हस्तान्तरण गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा । कृषि ज्ञान केन्द्र तनहुँको अनुदान सहयोगमा सञ्चालित चैते धान प्रवर्द्धन कार्यक्रमबाट यहाँका कृषकहरुले एक हजार मुरी चैते धान उत्पादन गर्ने तयारी गरेका…
पुरा पढ्नुहोस