फाेटाे फिचर
-
४ फाल्गुन २०८०, शुक्रबार १२:२०म्याग्देको छापथोक गाउँ
तनहुँको म्याग्दे गाउँपालिका-१ बर्च्याङ स्थित छापथोक गाउँ । गाउँपालिकाको समन्वयमा उर्जा तथा वातावरण नेपालले विभिन्न निकायको सहयोगमा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि पर्या-पर्यटन, जैविक खेती र नवीकरणीय उर्जा प्रणालीका माध्यमबाट स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउने गरी कार्यक्रम सञ्चालन गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ फाल्गुन २०८०, बिहीबार १३:०७अक्षरारम्भ गराइदै
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडा स्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा बुधबार वसन्त पञ्चमी तथा सरस्वती पूजाका दिन बालबालिकालाई अक्षरारम्भ गराइदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ फाल्गुन २०८०, बिहीबार १२:४३कारागारलाई पुस्तक
जिल्ला कारागार दमौलीमा बुधबार पुस्तक हस्तान्तरण गर्दै लियो क्लब अफ तनहुँका पदाधिकारीहरु । सरस्वती पूजाका अवसरमा क्लबले विभिन्न पुस्तक कारागारलाई उपलब्ध गराएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ फाल्गुन २०८०, बिहीबार १२:३८पूर्वराजा ज्ञानेन्द्र देवघाटमा
तनहुँको देवघाट वेणी संगममा बुधबार स्थान तथा पूजाआरधना गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह । पूर्वराजा शाहले कालिगण्डकी र त्रिशुलीको संगम वेणीमा स्नानको लागि आएका थिए । चितवनको पटिहानीबाट गाडीमा आपँटारी हुँदै देवघाट आएका पूर्वराजा शाहको परिवार डुंगामा त्रिशुली नदी पार गरेर तनहुँ…
पुरा पढ्नुहोस -
२ फाल्गुन २०८०, बुधबार १२:४८खरी जातका बाख्रा
तनहुँको म्याग्दे गाउँपालिका-१ बर्च्याङका कृषकको गोठमा पालिएका स्थानीय खरी जातका बाख्रा । तस्विर: भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ फाल्गुन २०८०, बुधबार १२:२५कण्डम लगाऔं एड्स भगाऔं
अन्तराष्ट्रिय कण्डम दिवसका अवसरमा दमौलीस्थित अनशनचौतारीमा कम्यूनिटि सपोर्ट ग्रुपले सञ्चालन गरेको सचेतना मुलक कार्यक्रम । ग्रुपले कण्डमको प्रयोगका विषयमा युवाहरुलाई जानकारी गराउनुका साथै करिब एक हजार वटा कण्डम निःशुल्क वितरण गरेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ फाल्गुन २०८०, मंगलवार ११:२८आयुर्वेदिक विधिबाट उपचार
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा जानुबस्ती कर्मअन्तर्गत घुँडा (सुन्निे र दुख्ने) समस्याको आयुर्वेदिक विधिबाट उपचार गरिँदै । दुखेको भागमा आटा र मासको पिठोको रोटी बनाएर कालो तिलको तेल र महानारायणको तेल तताएर प्रयोग गरी उपचार गरिने हुँदा यो विधि प्रभावकारी बन्दै गएको छ । तस्बिर…
पुरा पढ्नुहोस -
२९ माघ २०८०, सोमबार ११:३७व्यवासयिक ड्रागन फ्रुट खेती
तनहुँको व्यास नगरपालिका-१२ कमलवारी रजैका कृषक मोती थापा मगरको व्यवसायिक ड्रागन फ्रुट खेती । कृषक थापाले करिब ३५ रोपनी क्षेत्रफलमा १ हजार ६ सय पिल्लरमा ६ हजार ४ सय विरुवा रोपण गरेका छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ माघ २०८०, आईतवार ११:२५शैक्षिक सामाग्री प्रदर्शनी मेला
तनहुँको आँवुखैरेनी गाउँपालिकाले आयोजना गरेको गाउँपालिकास्तरीय शैक्षिक सामाग्री प्रदर्शनी मेला-२०८० मा आफुले बनाएका सामाग्रीको प्रदर्शन गर्दै विभिन्न विद्यालयका विद्यार्थीहरु । गाउँपालिकाले ‘विज्ञान, प्रविधि र कलाको प्रवर्द्धन आजको युग सुहाउँदा शिक्षाको सम्बोधन’ भन्ने नाराका साथ मेला आयोजना गरेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस