फाेटाे फिचर
-
२८ फाल्गुन २०८२, बिहीबार १३:०७पालोको पर्खाइ
तनहुँको भिमाद नगरपालिकाको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकसंग बुधबार स्वास्थ्य परीक्षणका लागि पालोको पर्खाइमा बसेका स्थानीय सेवाग्राहीहरु । भिमाद नगरका बासिन्दाहरु स्थानीयस्तरमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध नहुँदा अन्यत्र जानुपर्ने बाध्यता छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ फाल्गुन २०८२, बिहीबार १३:०१चर्चामा आउने तर कामले गति नलिने
तनहुँको व्यास नगरपालिकाको दमौलीदेखि आँवुखैरेनी गाउँपालिकाको घुमाउने घाट हुँदै मुग्लिन–नारायगढ सडक खण्डमा जोडिने बुद्ध सिंह मार्ग स्तरोन्नतिको काम गरिदै । चालु आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारबाट करिब दुई करोड रुपैयाँ बजेट विनियोजन भई पूर्वाधार विकास कार्यालय मार्फत सडकको नाला निर्माण कार्य भैरहेको छ ।…
पुरा पढ्नुहोस -
२७ फाल्गुन २०८२, बुधबार ११:२२सडक तथा नाला निर्माण
तनहुँको भानु नगरपालिका–१ स्थित भानुमार्ग अन्तर्गत भन्सार बजार खण्डमा जिर्ण बनेको सडक मर्मत सुधार तथा नाला निर्माण गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ फाल्गुन २०८२, मंगलवार १२:३०सेलरोटीको व्यापार
तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालन सोमबारे कृषि हाटबजारमा बिक्रीका लागि सेलरोटी पकाउँदै एक स्थानीय महिला । गाउँपालिकाले प्रत्येक हप्ताको शुक्रबार र सोमबार कृषि हाटबजार सञ्चालन गरी स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज बिक्री वितरण गर्न सहज बनाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ फाल्गुन २०८२, सोमबार १५:२६हरियो मकैको व्यापार
तनहुँको दमौलीस्थित प्रशासन चोकमा हरियो मकै पोल्दै एक महिला । चितवनबाट ल्याइएको हरियो मकै यहाँ पोलेर प्रति गोटा ५० रुपैयाँमा बिक्री वितरण हुने गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ फाल्गुन २०८२, सोमबार १५:११ढोरबाराही मन्दिरमा भक्तजन
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित ढोरबाराही मन्दिरमा आइतबार बिहान दर्शन तथा पूजाअर्चनाका लागि पुगेका भक्तजनहरु । यहाँ तनहुँ तथा छिमेकी जिल्लाका भक्तजनहरु पूजाअर्चना तथा दर्शनका लागि आउने गर्दछन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० फाल्गुन २०८२, बुधबार २१:२२तयार भयो मतगणनास्थल
तनहुँ निर्वाचन क्षेत्र नं. १ को मतगणनाका लागि तयार गरिएको मतगणनस्थल । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तयार गरिएको मतगणनास्थललाई तारजालीले बारिएको छ भने सिसि क्यामेराबाट निग्रानी गर्ने व्यवस्था मिलाइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० फाल्गुन २०८२, बुधबार २१:१९तयार भयो मतदान स्थल
तनहुँको व्यास नगरापालिका–१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालयमा विहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार गरिएको मतदान स्थल । यस मतदान स्थलमा पाँचवटा केन्द्र कायम गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० फाल्गुन २०८२, बुधबार १३:१०सम्पादकीय : प्रतिनिधिसभा निर्वाचन – अबको निर्णय भविष्यको दिशातर्फ
फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । लोकतान्त्रिक अभ्यासको यो महत्वपूर्ण दिनका लागि तनहुँसहित देशभर आवश्यक तयारी पूरा भएको छ। मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिइसकेका छन्, मतगणनास्थल व्यवस्थित गरिएको छ, मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गरिएका छन्। बाह्य तयारी लगभग पूरा भइसकेको अवस्थामा अब…
पुरा पढ्नुहोस