फाेटाे फिचर
-
२९ पुष २०८२, मंगलवार १३:२०महोत्वसमा व्यापार
तनहुँको दमौलीमा जारी छैठौ आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवस्थलमा रहेका व्यापारिक स्टलमा दर्शकहरु । माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा चिसो मौसममा प्रयोग हुने कपडा तथा अन्य वस्तुको खरिदबिक्री हुँदै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ पुष २०८२, सोमबार १३:००जातीय भेषभूषामा सजिएका किशोरीहरु
तनहुँको दमौलीमा जारी छैठौ आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव–२०८२ मा आइतबार नृत्य प्रस्तुत गर्न जातीय पहिचान झल्कने भेषभूषामा सजिएर आएका किशोरीहरु । नेपाल आदिवासी जनजाति महासंघ तनहुँले दमौलीमा माघ ५ गतेसम्म महोत्सव सञ्चालन गर्दैछ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ पुष २०८२, आईतवार १३:१२बाल विकास केन्द्रका सहजकर्ताहरुको पुनर्ताजगी तालिम
तनहुँको भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित बाल विकास केन्द्रका सहजकर्ताहरुको तीनदिवसीय पुनर्ताजगी तालिमका सहभागिहरु । तालिममा सहभागिहरुलाई बाल तथा खेल सामग्रीहरु निर्माण, अनुभव आदानप्रदान, गत वर्षका विषयहरु पुनःस्मरण र बालक्रियाकलापहरु समेत पुनर्ताजगी गरिएको थियो । तालिममा सहजकर्ता (प्रशिक्षक) महालक्ष्मी सुन्च्युरी र इन्दिरा…
पुरा पढ्नुहोस -
२५ पुष २०८२, शुक्रबार १४:०३महोत्सवमा संस्कृतिक झाँकी (फोटो फिचर)
तनहुँको दमौलीमा विहीबारदेखि सञ्चालित छैठौ आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव–२०८२ उद्घाटनका अवसरमा मगर समुदायका युवायुवतीहरु कौरा नृत्य प्रस्तुत गर्दै । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँले आयोजना गरेको महोत्सव माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सव शुभारम्भका अवसरमा तनहुँको विभिन्न समुदायले आ–आफ्नो…
पुरा पढ्नुहोस -
२५ पुष २०८२, शुक्रबार १३:४८परम्परागत कृषि तथा घरेलु सामाग्रि प्रदर्शन
तनहुँको दमौलीमा बिहीबारदेखि सञ्चालित छैठौ आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सव उद्घाटनका अवसरमा निकालिएको ¥यालीमा व्यास नगर तमु सुधार समाज, व्यास–३ ले प्रदर्शन गरेको परम्परागत कृषि तथा घरेलु सामाग्रिसहितको झाँकी । यो झाँकी कूल ६० अंकमा ५२ अंक प्राप्त गरी प्रथम हुन सफल भएको छ…
पुरा पढ्नुहोस -
२४ पुष २०८२, बिहीबार १२:०२भिमादको मिछुर्लुङ गाउँ
तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङ गाउँ । मगर समुदायको बसोवास रहेको यस गाउँमा समुहिक रुपमा होमस्टे (घरबास) सञ्चालन गरिएको छ भने यहाँ मगर समुदायको संस्कार, संस्कृतिको अध्यन, अवलोकनका साथै स्थानीय खानाका परिकारक उपभोग गर्न पाइन्छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ पुष २०८२, बुधबार १३:४४निःशुल्क दन्त शिविर
तनहुँको म्याग्दे गाउँपालिकाले नेलम्बो नेपाल कास्कीको सहकार्यमा सञ्चालन गरेको निःशुल्क दन्त शिविरमा उपचार सेवा प्रदान गरिदै । वडा नं. २ स्थित जामुने स्वास्थ्य चौकीमा पाँच दिनसम्म सञ्चालन हुने शिविरमा दाँत भर्ने (रेस्टोरेशन), आरभीजी एक्स–रे, रुट क्यानाल उपचार, दाँत निकाल्ने, दाँत सफा गर्ने, इनामेलोप्लास्टी तथा इरिगेसन…
पुरा पढ्नुहोस -
२३ पुष २०८२, बुधबार १३:३६गाउँका घर र मकैको सुली
तनहुँको बन्दीपुर गाउँपालिका–३ मा स्थित पर्यटकीय गाउँ रामकोटमा परम्परागत चिटिक्क परेको ढुङ्गेघर र आँगनमा भण्डारण गरिएको मकैको सुली । घामपानी तथा घुनपुतली र कीराबाट सुरक्षित राख्न सुलीमा मकै राखिन्छ । तस्बिर : सागर गिरी/रासस
पुरा पढ्नुहोस -
२२ पुष २०८२, मंगलवार १३:१०खण्डहर बन्दै ग्रामीणबस्ति
तनहुँको ऋषिङ गाउँपालिकाको काहुँशिविरस्थित माझकोट गाउँ । परम्परागतशैलीमा ढुंगाको छानोद्वारा निर्माण गरिएका यी घर पछिल्लो समय बसाईसराइका कारण खण्डहर बन्दै जानुका साथै गाउँबस्ति सुन्सान बन्न थालेका छन् । गाउँपालिकाले गाउँबासिलाई आफ्नै थातथलोमा रोक्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेपनि प्रभावकारी बन्न नसक्दा ग्रामीण बस्ति सुविधाका खोजीमा…
पुरा पढ्नुहोस