फाेटाे फिचर
-
६ श्रावण २०७९, शुक्रबार ११:२६जाँतोमा मकै पिस्दै महिला
तनहुँको ऋषिङ्ग गाउँपालिका-८ दुइघरे निवासी एक महिला जाँतोमा मकै पिस्दै । पछिल्लो समय गाउँघरमा पनि ढिकी र जाँतो बिरलै मात्रमा प्रयोग हुने गरेको पाइन्छ । तस्बिर : सानेबहादुर नेपाली/रासस
पुरा पढ्नुहोस -
६ श्रावण २०७९, शुक्रबार ११:०८अव्यवस्थित बसोवासीहरुलाई निस्सा
तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. १ का अव्यवस्थित बसोवासीहरुलाई निवेदन दर्ता गरेको आधारमा ऐलानी, प्रति जग्गा उपभोग गरिएको प्रमाण (निस्सा) वितरण गर्दै । वडा कार्यालयले राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा ४४४ जना अव्यस्थित बसोवासीहरुलाई निस्सा वितरण गरेको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी गराए । तस्विर :…
पुरा पढ्नुहोस -
५ श्रावण २०७९, बिहीबार ११:१६खानेपानीका लागि श्रमदान
तनहुँको भिमाद नगरपालिका-१को डुम्रीवेसा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपभोक्ताहरु नयाँ वस्तीमा खानेपानी विस्तारका लागि श्रमदान गर्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ श्रावण २०७९, बिहीबार ११:०४दुइ पालिका जोड्ने पक्कि पुल
तनहुँको शुक्लागण्डकी नगरपालिका-७ र म्याग्दे गाउँपालिका-५ जोड्ने निर्माणाधिन पक्कि पुल । पुल निर्माणको बुधबार शुक्लागण्डकी नगरपालिकाले अनुगमन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ श्रावण २०७९, बुधबार ११:२५ईन्जिनियर दिवसमा वृक्षरोपण
६०औं इन्जनियर दिवसका अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाको पूर्वाधार शाखाले मंगलबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बिरुवा रोप्दै नगर प्रमुख कृष्णराज पण्डित र उपप्रमुख खुमबहादुर विक । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ श्रावण २०७९, बुधबार ११:२३सामाजिक सुरक्षाको भत्ताको पर्खाइ
तनहुँको व्यास नगरपालिका-५ को संगम प्राथमिकत विद्यालय प्राङ्गणमा सामाजिक सुरक्षा भत्ता बुझ्ने पर्खाइमा बसेका लाभग्राहीहरु । वडा कार्यालयको समन्वयनमा मंगलबार पाटन, अलैचे र चापाघाट टोलका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ श्रावण २०७९, मंगलवार ११:३७टोलटोलबाटै सामाजिक सुरक्षा भत्ता
तनहुँको आँबुखैरेनी गाउँपालिका-५, लाब्दी भोटेश्वारामा सामाजिक सुरक्षा भत्ता लिन आएका ज्येष्ठ नागरिक । वडा कार्यालयको सहजीकरणमा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ श्रावण २०७९, सोमबार १५:०९तनहुँको देवघाटमा बोलबम मेला सुरु (फोटोफिचर सहित)
तनहुँको पवित्र धार्मिक स्थल देवघाट धाममा बोलबम मेला सुरु भएको छ । साउन महिनाको पहिलो सोमबार आज बोलबम मेला भर्न आउने भक्तजनको उल्लेख्य सहभागिता रहेको छ । कोभिड-१९ का कारण विगत दुइ व्षदेखि हुन नसकेको बोलबम मेला यसवर्ष सञ्चालन गरिएको हो । तनहुँ, चितवन र…
पुरा पढ्नुहोस -
१ श्रावण २०७९, आईतवार १२:२५बन संरक्षण अभियान
तनहुँको ऋषिङ गाउँपालिका-३ को जवानी भञ्ज्याङ सामुदायिक वन उपभोक्ता समुहले वन संरक्षण तथा समयको सदुपयोग गराउने उद्देश्यका साथ उपभोक्तालाई विद्युतबाट खाना पकाउने राइस कुकर वितरण गर्दै । सामुदायिक वनले उपभोक्तका प्रतिघर परिवारलाई १/१ थान राइस कुकर वितरण गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस