फाेटाे फिचर
-
२२ असार २०७९, बुधबार ११:०८निवेदन दर्ताको निस्सा
तनहुँको आँवुखैरेनी गाउँपालिका-२ का भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अब्यबस्थित बसोबासीहरूलाई निबेदन दर्ताको निस्सा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष सुक्र चुमान र राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ असार २०७९, मंगलवार ११:४४राजमार्ग विस्तार
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका-५ स्थित याम्पामा रिटेनिङ्ग वाल लगाउँदै मजदुर । पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक बिस्तार कार्यलाई तीब्रता दिइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ असार २०७९, मंगलवार ११:३९धानको बीउ उखेल्दै किसान
तनहुँको व्यास नगरपालिका-१ मा रोपाइँ गर्नका लागि धानको बीउ उखेल्दै किसान । जिल्लामा यतिबेला धमाधम रोपाइँ चलिरहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
२० असार २०७९, सोमबार ११:१८विज्ञान प्रयोगशालामा विद्यार्थी
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको विज्ञान प्रयोगशालामा अध्ययन गर्दै कक्षा-३ का विद्यार्थी । विद्यालयले पाठयपुस्तक सहित प्रयोगात्मक शिक्षालाई समेत प्राथमिकताका साथ पठनपाठन गराउने गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० असार २०७९, सोमबार ११:१५दलित संग्रहालय
लमजुङको बेंसीशहर नगरपालिका-३, गाउँशहरमा रहेको दलित संग्रहालय । यस संग्रहालयमा दलित समुदायको संस्कार संस्कृति तथा पहिचान झल्कने सामग्री राखिने भएको छ । तस्बिर : जनक श्रेष्ठ/रासस
पुरा पढ्नुहोस -
२० असार २०७९, सोमबार ११:१४विजयीको खुशियाली
जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा आइतबार सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम हुन सफल व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयका खेलाडी बजार परिक्रमा गरी खुशियाली साट्दै । प्रतियोगितामा व्यास नगरपालिका २२ स्वर्ण, १७ रजत र १० कास्य पदक सहित प्रथम भएको छ । यस्तै,…
पुरा पढ्नुहोस -
१७ असार २०७९, शुक्रबार ११:४३किसानलाई आधुनिक कृषि औजार
तनहुँको भानु नगरपालिका-४ स्थित खमलटारी बडहरे कृषक समूहलाई आधुनिक कृषि औजार वितरण गर्दै भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी । समुहलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई गोरखा धान जोन अर्न्तर्गत ८ थान (७ एचपी)को मिनी टिलर, १ थान (९ एचपी)को मिनी टिलिर, ५…
पुरा पढ्नुहोस -
१७ असार २०७९, शुक्रबार ११:३३उपचारको पर्खाइ
तनहुँको दमौली अस्पतालमा विहीबार उपचारका लागि टिकट काट्ने लाइनमा बसेका सेवाग्राहीहरु । वर्षाद सुरु भएसंगै अस्पतालमा विरामीको चाप बढ्न थालेको छ । तस्विर : सबिन लामिछाने/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ असार २०७९, बिहीबार ११:३९कृषकहरुलाई आधुनिक कृषी सामाग्रि
तनहुँको आँबुखैरेनी गाउँपालिकाले कृषकहरुलाई आधुनिक कृषी सामाग्रि हस्तान्तरण गर्दै । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले साना तथा ब्यवसायिक कृषि उत्पादन क्षेत्रको कार्यक्रममा १५ वटा डिजिटल काँटा, ८ वटा हाते ट्रयाकटर हस्तान्तरण गरेका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस