फाेटाे फिचर
-
१८ फाल्गुन २०७८, बुधबार १२:००महाशिवरात्री पर्व
तनहुँको दमौली स्थित शिवपाञ्चायन मन्दिरमा महाशिवरात्री पर्वका अवसरमा मंगलबाल दिउँसो महादेवको पूजाअर्चना तथा शिवलिंगमा दुध चडाउन लाम्बद्धा भएका भक्तजनहरु । शिवरात्रीका दिन यस मन्दिरमा रातभर जाग्राम बसी भक्तजनहरुले बत्ती बाल्ने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ फाल्गुन २०७८, बुधबार ११:५३आँवुखैरेनीको प्रथम अध्यक्ष कप
तनहुँको आँवुखैरेनी गाउँपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको ‘आँवुखैरेनी गाउँपालिकाको प्रथम अध्यक्ष कप-२०७८’ प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा । फागुन २८ गतेसम्म सञ्चालन हुने खुलकुद प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन र डोरी तान्ने खेल प्रतियोगिता हुने बताइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ फाल्गुन २०७८, मंगलवार १०:३३रुख काट्दै
पृथ्वीराजमार्ग बिस्तार कार्यक्रम अन्तर्गत जामुने-आँवुखैरेनी खण्डको व्यास-१२ क्षेत्रमा सडक सिमाभित्रका रुखहरु कटान गरिदै । यस खण्डमा रुख कटान कार्यलाई तीब्रता दिइएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ फाल्गुन २०७८, मंगलवार १०:३१जंगलको निउरो बजारमा
तनहुँको व्यास र ऋषिङको ग्रामीण क्षेत्रको जंगलबाट निउरो टिपेर दमौली बजारमा बिक्री वितरणका लागि ल्याएका महिलाहरु । ग्रामीण क्षेत्रका बासिन्दाले जंगलको निउरो बिक्री वितरण गरी राम्रो आम्दानी लिने गर्छन । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ फाल्गुन २०७८, सोमबार १२:१२पर्यटकको पर्खाइमा बन्दिपुर
पर्यटकीय नगरी तनहुँको बन्दिपुर बजार । कोरोना कहरका कारण यहाँको पर्यटन व्यवसाय धरासयी बन्दै गएको छ । स्थानीय पर्यटन व्यवसायीहरु कोरोना संक्रमण जोखिम कम हुँदै गएकाले अब स्वास्थ्य सुरक्षाका मापण्ड पालना गरी पर्यटकीय गतिविधिलाई लयमा फर्काउने तयारीमा छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ फाल्गुन २०७८, सोमबार ११:५८रगतको सहजताका लागि रक्तदान
तनहुँको दमौलीमा आइतबार बिहान राष्ट्रिय युवा संघ तनहुँले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै सर्वसाधारण । दमौली अस्पतालमा रगतको सहज उपलब्धता गराउन लक्ष्यका साथ संघले रक्तदान कार्यक्रम गरेको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ फाल्गुन २०७८, सोमबार ११:५६४०औं मगर दिवसको रमझाम (फोटोफिचर सहित)
४०औं मगर दिवसका अवसरमा तनहुँको सदरमुकाम दमौलीमा नेपाल मगर संघ व्यास नगर कार्य समितिले निकालेको साँस्कृतिक झाँकीमा जातीय पहिचान झल्कने भेषभूषामा सजिएर नाचगान गर्दै महिलाहरु । साँस्कृतिक झाँकीले दमौली बजारको परिक्रमपश्चात् खुला मैदानमा विविध साँस्कृतिक तथा खेलकुद कार्यक्रम गरिएको थियो । तस्विर : अश्विन किशोर…
पुरा पढ्नुहोस -
१५ फाल्गुन २०७८, आईतवार ११:११सडक डाइभर्सन
पृथ्वीराजमार्ग अन्तर्गत आँवुखैरेनी-जामुने खण्डको आँवुखैरेनीमा सडक डाइभर्सन गरी सडक विस्तारको काम गरिदै । आँबुखैरेनी-जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले ६ अर्व २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी सडक विस्तारको काम तीब्र पारेको छ । आँवुखैरेनीदेखि पोखरासम्मको…
पुरा पढ्नुहोस -
१३ फाल्गुन २०७८, शुक्रबार ११:०२महिला मजदुर
तनहुँको व्यास नगरपालिका-१ भादगाउँमा एक घर ढलानका लागि सिमेन्ट, बालुवा र गिट्टी घोल्ने मिक्चिरलाई तान्दै गरेका महिलाहरु । पुरुषहरु वैदेशिक रोजगारीमा जान थालेपछि जिल्लामा घर निर्माण तथा अन्य जोखिमपूर्ण काममा महिलाहरुको सहभागिता बढ्दै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस