फाेटाे फिचर
-
१७ फाल्गुन २०७८, मंगलवार १०:३१जंगलको निउरो बजारमा
तनहुँको व्यास र ऋषिङको ग्रामीण क्षेत्रको जंगलबाट निउरो टिपेर दमौली बजारमा बिक्री वितरणका लागि ल्याएका महिलाहरु । ग्रामीण क्षेत्रका बासिन्दाले जंगलको निउरो बिक्री वितरण गरी राम्रो आम्दानी लिने गर्छन । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ फाल्गुन २०७८, सोमबार १२:१२पर्यटकको पर्खाइमा बन्दिपुर
पर्यटकीय नगरी तनहुँको बन्दिपुर बजार । कोरोना कहरका कारण यहाँको पर्यटन व्यवसाय धरासयी बन्दै गएको छ । स्थानीय पर्यटन व्यवसायीहरु कोरोना संक्रमण जोखिम कम हुँदै गएकाले अब स्वास्थ्य सुरक्षाका मापण्ड पालना गरी पर्यटकीय गतिविधिलाई लयमा फर्काउने तयारीमा छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ फाल्गुन २०७८, सोमबार ११:५८रगतको सहजताका लागि रक्तदान
तनहुँको दमौलीमा आइतबार बिहान राष्ट्रिय युवा संघ तनहुँले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै सर्वसाधारण । दमौली अस्पतालमा रगतको सहज उपलब्धता गराउन लक्ष्यका साथ संघले रक्तदान कार्यक्रम गरेको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ फाल्गुन २०७८, सोमबार ११:५६४०औं मगर दिवसको रमझाम (फोटोफिचर सहित)
४०औं मगर दिवसका अवसरमा तनहुँको सदरमुकाम दमौलीमा नेपाल मगर संघ व्यास नगर कार्य समितिले निकालेको साँस्कृतिक झाँकीमा जातीय पहिचान झल्कने भेषभूषामा सजिएर नाचगान गर्दै महिलाहरु । साँस्कृतिक झाँकीले दमौली बजारको परिक्रमपश्चात् खुला मैदानमा विविध साँस्कृतिक तथा खेलकुद कार्यक्रम गरिएको थियो । तस्विर : अश्विन किशोर…
पुरा पढ्नुहोस -
१५ फाल्गुन २०७८, आईतवार ११:११सडक डाइभर्सन
पृथ्वीराजमार्ग अन्तर्गत आँवुखैरेनी-जामुने खण्डको आँवुखैरेनीमा सडक डाइभर्सन गरी सडक विस्तारको काम गरिदै । आँबुखैरेनी-जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले ६ अर्व २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी सडक विस्तारको काम तीब्र पारेको छ । आँवुखैरेनीदेखि पोखरासम्मको…
पुरा पढ्नुहोस -
१३ फाल्गुन २०७८, शुक्रबार ११:०२महिला मजदुर
तनहुँको व्यास नगरपालिका-१ भादगाउँमा एक घर ढलानका लागि सिमेन्ट, बालुवा र गिट्टी घोल्ने मिक्चिरलाई तान्दै गरेका महिलाहरु । पुरुषहरु वैदेशिक रोजगारीमा जान थालेपछि जिल्लामा घर निर्माण तथा अन्य जोखिमपूर्ण काममा महिलाहरुको सहभागिता बढ्दै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ फाल्गुन २०७८, शुक्रबार १०:५६एमसिसीको विरोध
तनहुँको दमौलीमा विहीबार विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं सर्वसाधारणहरु नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गर्ने विषयको विरोधमा प्रदर्शन गर्दै । प्रदर्शनकारीहरुले एमसिसी विरुद्ध नारावाजी गर्दै दमौली बजारको परिक्रमा गरी प्रशासन कार्यालयको…
पुरा पढ्नुहोस -
१२ फाल्गुन २०७८, बिहीबार ११:३२घरेलु तानमा मगर पोशाक बुन्दै
तनहुँको घिरिङ गाउँपालिका-३ सुन्धारा निवासी ५३ वर्षीया सीता राना तानमा मगर पोशाक कछाड बुन्दै । उनले एउटा कछाडको तीन हजार ५०० रुपैयाँसम्म बिक्री गर्दै आएकी छन् । तस्विर : रासस
पुरा पढ्नुहोस -
११ फाल्गुन २०७८, बुधबार १३:००जातीय भेषभूषामा सजिएका बालिका (फोटोफिचर सहित)
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुंगा स्थित अरनिको माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा विभिन्न समुदायको पहिचान झल्कने भेषभूषामा सजिएर सहभागि भएका बालिकाहरु । वार्षिकोत्सव समारोहमा विद्यालयले विद्यार्थीहरु बीच हाजिरजवाफ, खेलकुद लगायतका प्रतियोगिताको पुरस्कार तथा अक्षयकोषबाट छात्रवृत्ति वितरण, बार्षिक प्रतिबेदन सार्वजनिक गरेको थियो ।…
पुरा पढ्नुहोस