फाेटाे फिचर
-
१० फाल्गुन २०७७, सोमबार ११:२२दमौली अस्पतालमा दन्त परीक्षण
तनहुँको दमौली स्थित दमौली अस्पतालमा दन्त परीक्षण गर्दै एक चिकित्सक । अस्पतालले गत शुक्रबारबाट अत्याधुनिक प्रविधिको जडान गरी दाँत उपचार सेवा शुरु गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ फाल्गुन २०७७, आईतवार ११:३३चौथो भिमाद मेयर कप-२०७७
तनहुँको भिमाद नगरपालिकाले आयोजना गरेको ‘चौथो भिमाद मेयर कप-२०७७’ को खुल्ला वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडीहरु । नगरपालिकाले ‘खेलकुद अनुशासन र राष्ट्रभक्ति-समृद्ध भिमादका लागि स्वास्थ जनशक्ति’ भन्ने नाराका साथ आयोजना गरेको प्रतियोगिता आज आइतबार समापन गरिदै छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ फाल्गुन २०७७, शुक्रबार ११:०३स्थलगत वन सम्वर्द्धन अभ्यास
तनहुँको म्याग्दे गाउँपालिका-२, सिद्धबतासन सामुदायिक वनका उपभोक्ताहरुलाई वन सम्वर्द्धन, काठ दाउरा उत्पादन तथा रोजगारी प्रवर्द्धनका विषयमा सहजिकरण गर्दै डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले । कार्यालयले सामुदायिक वनलाई काठ कटन गर्ने औजार समेत हस्तान्तरण गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ फाल्गुन २०७७, बुधबार १२:३५मजदुरको दैनिकी
तनहुँको दमौलीमा घर निर्माणका लागि आवश्यक पर्ने इट्टा बोक्दै महिला मजदुर । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ फाल्गुन २०७७, बुधबार १२:१३नर्सरी गोडमेल (फोटोफिचर सहित)
डिभिजन वन कार्यालय तनहुँको कार्यालय परिसरमा रहेको नर्सरी गोडमेल गर्दै कर्मचारी । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ फाल्गुन २०७७, बुधबार १२:०२सरस्वतीको पूजा तथा वन्दना पाठ
तनहुँको व्यास नगरपालिका-४ स्थित दमौली मोडल एकेडेमीमा अध्ययनरत बालबालिकाहरु मंगलबार विद्याकी देवी सरस्वतीको पूजा तथा वन्दना पाठमा सहभागि हुँदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ फाल्गुन २०७७, मंगलवार ११:३६कोभिडशिल्ड भ्याक्सिन
जिल्ला स्वास्थ्य कार्यालय तनहुँमा सोमबार कोरोना विरुद्धको कोभिडशिल्ड भ्याक्सिन लगाइदिदै स्वास्थ्यकर्मी । तनहुँमा २१३ महिला र ५३३ जना पुरुष गरी ७४६ जनालाई सोमबार कोरोना विरुद्धको खोप लगाइएको छ । हालसम्म दोश्रो प्राथमिकतामा परेका तनहुँका ९२६ जनालाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले जानकारी…
पुरा पढ्नुहोस -
३ फाल्गुन २०७७, सोमबार ११:२१भूमि सम्बन्धी अन्तरक्रिया
तनहुँको बन्दिपुर गाउँपालिकाले वडा नं. १ को वडा कार्यालय प्राङ्गणमा आयोजना गरेको भूमि सम्बन्धी समस्या समाधान विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि भएका स्थानीयहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० माघ २०७७, शुक्रबार ११:३४गुन्द्री बुन्दै वृद्धा
लमजुङको राइनास नगरपालिका-३ टिमुरेका ७५ वर्षीय हरिमाया अधिकारी गुन्द्री बुन्दै । आधुनिक प्रविधिको सामग्री आएपनि धानको परालबाट गुन्द्री बुन्ने र यसको प्रयोग अझै बढ्दो छ । तस्विर : जनक श्रेष्ठ/रासस
पुरा पढ्नुहोस