छिम्केश्वरी जाने पैदलमार्ग र रेलिङ

समुन्द्र सतहबाट २ हजार १३४ मिटर उचाईमा अवस्थित छिम्केश्वरी माईको मन्दिर जान निर्माण गरिएको पैदलमार्ग र रेलिङ । तनहुँको आँबुखैरेनी गाउँपालिका-५ मा अवस्थित यस मन्दिरसम्म पुग्नका लागि गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मार्फत करिब ६० लाख ८५ हजार ९५६ रुपैयाँ र स्थानीयवासीको १५ लाख ७४ हजार ८९० रुपैयाँ बराबरको जनश्रमदानबाट पैदलमार्ग निर्माण तथा रेलिङ राखिएको छ । तस्विर : भञ्ज्याङ










