फाेटाे फिचर
-
१८ कार्तिक २०८२, मंगलवार १२:२९थानीमाई मन्दिरमा बत्ती बाल्दै
तनहुँको भानु नगरपालिका–७ वसन्तुपरस्थित थानीमाई मन्दिरमा कातिक महिनाको तेश्रो सोमबार साँझ बत्ती बाल्ने तयारी गर्दै श्रद्धालु महिलाहरु । आफ्नो मानेकाङ्क्ष पराहोस भन्दै सोमबार रातभर जाग्राम बसी मन्दिर प्राङ्गणमा बत्ती बालेर ज्ञमंगलबार बिहान थानीमाई मन्दिरमा पूजाअर्चन गर्ने गरिन्छ । यस्तै सोमबार राती भक्तजनहरुले आफ्नो भाकाल/मनोकाङ्क्ष पुरा…
पुरा पढ्नुहोस -
१७ कार्तिक २०८२, सोमबार १२:५२निर्माणाधिन चारलेनको सिग्नेचर पुल
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीस्थित मादी नदी माथी निर्माणाधिन चारलेनको सिग्नेचर पुल । गत भदौ २१ गते तीन वर्षे ठेक्का सम्झौता सकिए पनि यस पुलको भौतिक प्रगति ७२ प्रतिशतको हाराहारी रहेको छ भने अगामी असार १९ गतेसम्मका लागि म्याद थपको प्रक्रिया अगाडि बढाइएको छ । छ वटा…
पुरा पढ्नुहोस -
१६ कार्तिक २०८२, आईतवार १३:३६धान खेतमै उम्रियो
तनहुँको आँवुखैरेनी गाउँपालिका–१ सत्रसयका किसानले आफ्नो खेतमा पाकेको धान काटी निहिनमा राखेपनि केही दिनदेखि निरन्तर परेको वर्षाका कारण निहिनमै धान उम्रन थालेको छ । किसानको धान बेमौसमी वर्षाले क्षति पु¥याएको छ । मेहनतको फल भित्र्याउने बेलामा परेको वर्षाले किसानको मन अमिलो बनाएको छ । तस्विर…
पुरा पढ्नुहोस -
१६ कार्तिक २०८२, आईतवार १३:३१भलिबल प्रतियोगिता
तनहुँको भिमाद नगरपालिकाको जनशान्ति युथ क्लब भिमाद नपा ६ शान्तिनगर तनहुँद्वारा हरिबोधनी एकादशीको अवसरमा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडीहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ कार्तिक २०८२, शुक्रबार १३:५४आस्था र विश्वासको धरोहर
तनहुँको भानु नगरपालिका–१३ मिर्लुङकोटस्थित भयेर थान मन्दिर । मनोकाङ्क्ष पुरा भएको भन्दै भक्तजनहरुले यस मन्दिरमा भाकल चढाउने तथा पूजाअर्चना गर्ने गर्छन । मिर्लुङकोट क्षेत्रका बासिन्दाले आफु तथा आफ्ना घरपरिवार, वस्तुभाऊलाई दुःखकष्ट पर्दा सम्झिएर भाकल गरी पूजाअर्चन गर्नुका साथै प्राकृतिक विपत्ति नहोस्, खेती लगाउने समयमा समयमै…
पुरा पढ्नुहोस -
१४ कार्तिक २०८२, शुक्रबार १३:३५पाक्यो धान, रुझायो झरिले
तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेफाँटमा पाकेर पँहेलपुर देखिएको धानबाली । यहाँको किसानहरू अहिले धान काट्ने चटारोमा रहेपनि बेमौसमी वर्षका कारण पाकेको धानखेतीमा क्षति पु¥याउने चिन्तामा छन् । तस्बिर : सागर गिरी/रासस
पुरा पढ्नुहोस -
१३ कार्तिक २०८२, बिहीबार १३:२८हामी हेरचाह गर्छौ, हामीलाई पनि हेरचाह चाइन्छ ….
प्रदेश अस्पताल दमौलीका नर्सहरु नेपाल सरकारले तोकेको तलबस्तर र सुविधा कार्यान्वयन हुनुपर्ने माग गर्दै बुधबार हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिदै । अस्पतालका स्वास्थ्यकर्मीहरुले सरकारले तोकेको तलबस्तर र सुविधा तुरुन्त कार्यान्वयन हुनुपर्ने, नर्सहरुको परिश्रम, मूल्य र पेसागत सम्मान सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै हातमा कालोपट्टी बाँधेर…
पुरा पढ्नुहोस -
११ कार्तिक २०८२, मंगलवार १२:२७धान पाक्यो
तनहुँको भिमाद नगरपालिका–१ डुम्रेबेसीका कृषकहरु पाकेको धान थनकाउनका लागि काट्दै । दसैं, तिहार र छठ पर्व सकिएसंगै यतिबेला कृषकहरु असारमा रोपेको धानको विऊ पाकेपछि थनकाउने छटारोमा छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ कार्तिक २०८२, सोमबार १२:२२भाइटिका र मसला
तनहुँको दमौलीमा आइतबार दिउँसो तिहार पर्वका लागि भाइटिकाका लागि सप्तरङ्गि, भाइमसाल लगायतका सामाग्रि खरिद बिक्री गरिदै । भाइटिकाका दिन दिदीबहिनीहरुले दाजुभाईलाई सप्तरङ्गि टिकासंगै मखमली र सयपत्री फूलको माला लगाइदिनुका साथै भाइमसला उपहार दिने प्रचलन छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस