फाेटाे फिचर
-
१० श्रावण २०८३, आईतवार १०:११रक्तचाप परीक्षण
तनहुँको व्यास नगरपालिका–९ स्थित कात्तिके चौर स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी अनिता बुढा सेवा क्षेत्रका सेवाग्राहीको घरमै पुगेर रक्तचाप परीक्षण गर्दै । उक्त स्वास्थ्य चौकीले मेवाबारी सिम्ले स्वास्थ आमा समुहको मासिक बैठक गरी समुहका सदस्यहरुको रक्तचाप परीक्षण तथा आवश्यक औषधि वितरण गरेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ श्रावण २०८३, शुक्रबार १२:३४मादी नदीमा निर्माणाधिन चार लेनको पुल
मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको दमौलीस्थित मादी नदीमा निर्माणाधिन चार लेनको पक्कि पुल । गत असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने म्याद रहेपनि काम नसकिएपछि तीन सय दिन म्याद थप गरिएको मुग्लिन पोखरा सडक योजना -पूर्वी खण्ड)ले जनाएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण…
पुरा पढ्नुहोस -
७ श्रावण २०८३, बिहीबार १३:५७सरसफाई अभियान
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बन्दीपुरले बुधबार बिहान आयोजना गरेको बन्दीपुरस्थित मणि मुकुन्देश्वरी पर्खाल (मिनि ग्रेटवाल) सरसफाई अभियानका सहभागिहरु । पर्यटन पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण गराउँदै आयोजित सरसफाई अभियानअन्तर्गत मिनी ग्रेटवाल–मणिमुकुन्द पार्क, थानीमाई मन्दिर क्षेत्रको सरसफाई गरिएको थियो । अभियानमा करिब एक सय जना स्थानीय नेता,…
पुरा पढ्नुहोस -
४ श्रावण २०८३, सोमबार १२:४२पाहुनालाई स्थानीय खानाका परिकार
तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी सामुदायीक होमस्टेमा आएका पाहुनालाई विहानको नास्ता कोदोको रोटी, बारा र तरकारी तयार गर्दै स्थानीय महिलाहरु । चुलोचौका र घरायसीकाममै समय विताउँदै आएका यहाँका महिलाहरु होमस्टे सञ्चालनसंगै अहिले पाहुनाको स्वागत, स्थानीयस्तरमै उत्पादन हुने खानाका परिकारको तायरी गरी आर्थिक उपार्जन समेत गर्न…
पुरा पढ्नुहोस -
३ श्रावण २०८३, आईतवार १३:१८आमा समूहलाई पञ्चेबाजा हस्तान्तरण
तनहुँको ऋषिङ गाउँपालिका–५ सपाङ्दीका आमा समूलाई पञ्चेबाजा हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ । आमा समूहलाई नेपाली मौलिक संस्कृति, परम्परा र पञ्चेबाजा संरक्षण तथा प्रवद्र्धनमा थप सक्रिय र सशक्त बनाउने उद्देश्यले गाउँपालिकाले पञ्चेबाजा उपलब्ध गराएको हो । आगामी दिनमा आमा समूहले पञ्चेबाजामार्फत नयाँ पुस्तालाई पनि…
पुरा पढ्नुहोस -
१ श्रावण २०८३, शुक्रबार १४:२५सुरक्षित विद्यालय सुरक्षित जीवन
तनहुँको म्याग्दे गाउँपालिकाको वडा नं. ३ लाई ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा कार्यक्रममा विभिन्न सचेतनामुलक नारा लेखिएका प्लेकार्ड सहित भएका बालबालिकाहरु । नेपाल सरकपारको बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति बमोजिम आवश्यक सूचकहरु पूरा गरी उक्त वडालाई विहीबार जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्था, विद्यालय, बाल क्लव,…
पुरा पढ्नुहोस -
२६ असार २०८३, शुक्रबार १०:५४सालको पातबाट टपरी
तनहुँको व्यास नगरपालिका–१४ रुम्सीकी एक महिला जंगलबाट सालको पात ल्याएर दुना, टपरी तयार गर्दै । लाहुरेको गाउँका रुपमा परिचित रुम्सी गाउँमा होमस्टे सञ्चालनसंगै अहिले आकर्षक ग्रामीण पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । मगर समुदायको संस्कार, सँस्कृति अध्यन अवलोकनका साथै स्थानीय खानाका परिकार उपभोग…
पुरा पढ्नुहोस -
२४ असार २०८३, बुधबार १२:४६सडक पेटीको व्यापार
तनहुँको सदरमुकाम दमौलीस्थित ट्राफिकचोकको सडक पेटीमा तरकारी खरिदबिक्री गरिदै । स्थानीय व्यापारीहरुले ग्रामीण क्षेत्र कृषकहरुले उत्पादन गरेको कृषि उपज खरिद गरी दमौली बजार क्षेत्रमा बिक्री वितरण गर्ने गर्दछन । व्यास नगरपालिकाले व्यवस्थितढंगले कृषि हाटबजार सञ्चालन गर्न नसक्दा व्यापारीहरुले डोकोमा बेकेर तथा सडक पेटीमा बसेर कृषि…
पुरा पढ्नुहोस -
२३ असार २०८३, मंगलवार १२:३१कृषकलाई अनुदानमा कृषि सामाग्रि वितरण
तनहुँको शुक्लागण्डकी नगरपालिकाले कृषि उत्पादन वृद्धि, यान्त्रीकरण र कृषकको उत्पादन लागत घटाउने उद्देश्यले ५० प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई कृषि सामग्री वितरण सुरु गरेको छ । कार्यक्रमअन्तर्गत वडा नं. ६ स्थित जाम्दीबेसी कृषक समूहका कृषकहरूलाई नगरप्रमुख कृष्णराज पण्डित, वडा अध्यक्ष बुद्धी थापाले मिनी टिलर, कम्बाइन मिल…
पुरा पढ्नुहोस